२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

‘फेसएप’ मा सुरक्षा चुनौती, प्रयोग नगर्न विशेषज्ञहरुको सुझाव

एजेन्सीहरु

काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । 

‘फेसएप’ मा सुरक्षा चुनौती, प्रयोग नगर्न विशेषज्ञहरुको सुझाव

‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ । ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको एउटा क्रेज नै चलेको छ । यसको उपयोग गरी आफ्ना तस्बिर पोस्ट गर्नेहरु बढ्दै गएका छन् । यदि तपाईको ‘इन्स्टाग्राम स्टोरीज’ वा ‘ट्वीटर फीड’मा ती व्यक्तिहरुले भरिएका छन् जसले आफ्नो वर्तमान उमेर भन्दाबढी बढी र स्मार्ट देखाउन चाहेका छन्, तिनीलाई आफ्नो अनुहार देखाउन तपाईले ‘फेसएप’लाई धन्यवाद दिन सक्नु हुनेछ । यसका साथै सुरक्षा चुनौतिको सामना गर्न भने तपाई तयार हुनैपर्छ ।

सन् २०१७ मा पहिलो पटक रुसीहरुले ‘फेस एप’ सार्वजनिक गरेका थिए । त्यही एप ‘आर्टिफिसिएल इन्टेलिजेन्स(एआई)’ का साथ अहिले फेरी भाइरल भएको हो । विश्वका केही चर्चित स्टारसहितका कयौ प्रयोगकर्ताले ‘ओल्ड फिल्टर’ मार्फत यसको प्रयोग नै गरेका थिए । प्रविधि सम्बन्धि जानकारी लिने अनलाईन ‘टेकक्रन्च’ का अनुसार तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्छ । एपमा रहेका विभिन्न फिल्टरका लागि सेल्फी सम्पादन एउटा न्युट्रल नेटवर्कमा निर्भर रहेको हुन्छ । यसअघि ‘टेकक्रन्च’ को रिपोर्ट अनुसार पुरानो फिल्टर अब भाईरल बनेको छ । उसले लेखेको छ , ‘एपमा अन्य फिचर्स पनि छन, जस्तो की मुस्काउनु, अन्य फिल्टरका साथ युवा वा धेरै राम्रो देखाउनु । यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छन् ।


प्रविधि विशेषज्ञहरुले यो ‘फेसएप’ असुरक्षित रहेको बताएका छन् । उनीहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ । एपलाई प्रयोग गर्ने स्वीकृतिपछि तपाईलाई ‘स्मार्ट’ बुढेसकालको तस्बिर देखाउन फिल्टर गर्छ । यसका लागि एपले तपाईका फोटो ग्यालरी मध्ये एउटा तस्बिरलाई सम्पादन गर्छ । यो गर्नका लागि यसमा एआईको उपयोग गरिन्छ । विशेषज्ञ भन्छन्, ‘यसले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’


‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ । यो एप ‘एआई’ प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ । यसले तपाईको कपालको रंग, तपाईलाई दाह्रीवाल र युवा समेत देखाउन सक्छ । यो एप सुचारु भएपछि तपाईका संग्रहित सामग्री र तस्बिरहरु बिना अनुमतिकै स्टोर गर्न सक्ने क्षमता पनि यसमा छ । यसको अर्थ तपाईको डेटा असुरक्षित हुनेभयो । यति मात्रै हैन तपाईको स्वीकृति बिनैपनि डेटाहरु अरुलाई बेच्न सक्छ । यस्तोमा अवस्था पीडित भए सम्बन्धित निकायमा गुनासो गर्ने कानुनी अधिकारबाट समेत बञ्चित हुनुहुनेछ ।


के हो फेसएप ?

फेसएप एउटा फोटो-मर्फिङ एप हो, जुन अनुहारमा परिवर्तन गर्नका लागि आर्टिफिसिएल इन्टेलिजेन्स(एआई) र तपाईका वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिन्छ । यो एपले तपाईको फोटो ग्यालरीमा रहेका तस्बिरहरु उपयोग गर्न सक्छ वा तपाई एपभित्रै पनि एउटा तस्बिर खिच्न सक्नु हुनेछ । निःशुल्क सेवाले एआईको प्रयोगबाट तपाईको फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ । यसले तपाईँको कपालको रंग पनि परिवर्तन गर्न सक्छ । तपाईँलाई यो हेर्नका लागि पनि अनुमति दिन्छ कि तपाई दाह्रीका साथ कस्तो देखिनु हुन्छ ?

प्रकाशित : श्रावण १, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?