फायरफक्समा ट्रयाकर बन्द

फायरबक्सको आगामी अपडेटमा अनलाइनमा हुने प्रयोगकर्तालाई ट्र्याक गर्ने थर्ड पार्टी कुकिजहरू ब्लक हुने भएको छ  । फायरफक्सले स्वतः त्यस्ता कुकिज बन्द गर्ने कम्पनीले जनाएको छ  ।

फायरफक्समा ट्रयाकर बन्द

एप्पलले आफ्नो ब्राउजर सफारीमा यो सुविधा यसअघि नै दिइसकेको छ । गुगलको ब्राउजर क्रोममा भने यो सुविधा छैन ।


यो वर्ष गुगलले आफ्नो ब्राउजरमा कुकिज स्वतः बन्द नगरेर रोक्ने कि नरोक्ने विषयमा प्रयोगकर्तालाई नै निर्णय गर्न दिने घोषणा गरेको थियो । कुकिजले अनलाइनमा हुने क्रियाकलापलाई संकलन गर्ने भएकाले यो गोपनीयताको विषयका रूपमा चर्चामा रहँदै आएको छ ।


कुकिजमार्फत संकलन भएका तथ्यांकहरू विज्ञापनकर्ताहरूले उपभोक्तालाई उनीहरूको रुचिअनुसारको विज्ञापन देखाउन प्रयोग गरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?