२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्न्यापच्याटमा इभेन्ट

सिर्जनशील भनेर चिनिएको फोटो र म्यासेजिङ एप स्न्यापच्याटबाट धेरै फिचरहरू फेसबुकले कपी गरेको छ  । फेसबुक र इन्स्टाग्राममा अहिले चल्तीमा रहेका केही फिचरहरू स्न्यापच्याटबाटै नक्कल गरिएका हुन्  ।

स्न्यापच्याटमा इभेन्ट

स्न्यापच्याटको नक्कल गर्दै फेसबुकले लागू गरेको स्टोरिज फिचर अहिले फेसबुक प्रयोगकर्ता बढी इन्गेज हुने फिचर हो । अब स्न्यापच्याटले पनि फेसबुकको केही फिचर कपी गर्ने भएको छ । उसले फेसबुकमा गर्न मिल्ने इभेन्ट आमन्त्रणजस्तै फिचर एपमा सुरु गर्न लागेको छ । स्न्यापच्याट एपमा भएको कोडका आधारमा केही प्रयोगकर्ताले यसबारे थाहा पाएका छन् । यो फिचरमा स्न्यापच्याटमा एक प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई म्यापसहित कुनै कार्यक्रमका लागि आमन्त्रण गर्न सक्छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?