कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'कोड फर चेन्ज' कार्यक्रम हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरी काठमाडौैंमा 'कोड फर चेन्ज' नामक कार्यक्रम गर्ने भएको छ । 

'कोड फर चेन्ज' कार्यक्रम हुँदै

प्रोग्रामिङको क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजक 'युथ इन सोसियल चेन्ज' नामक संस्थाले जनाएको छ । फागुन १७ देखि सुरु हुने कार्यक्रममा उपत्यकाका १५ वटा कलेजको सहभागिता रहने छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई वेब डिजाइन (सीएसएस, जाभा, एचटीएमएल, जेएसलगायत) सफ्टवेयर निर्माणबारे आधारभूत जानकारीका साथै अभ्यास गराइने कार्यक्रम संयोजक निराजन क्षेत्रीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १२, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?