कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ओपोको एफ-९ मोडलको नयाँ फोन अगस्टको अन्त्यसम्म सार्वजनिक हुने  

कान्तिपुर संवाददाता

काठमाडौँ — ओपोले एफ–९ मोडलको नयाँ फोन यही अगस्टको अन्त्यसम्मका सार्वजनिक गर्ने भएको छ ।

ओपोको एफ-९ मोडलको नयाँ फोन अगस्टको अन्त्यसम्म सार्वजनिक हुने  

एफसिरिज अन्तर्गतको यो स्मार्टफोनमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ ।


भीओओसी फ्ल्यास चार्जले कम भोल्टेजमा पनि फास्ट चार्जिङ गर्न सकिन्छ ।


युवाहरुलाई लक्षित गरी कम्पनीले यो सेरिजको फोनमा ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ । नयाँ फोनमा एफएचडी वाटरड्रप स्क्रिन (९०.८% सम्मको स्क्रिन टू बडी रेसियो)को पनि प्रयोग गरेको कम्पनीले जनाएको छ ।


भीओओसी चार्जिङ र वाटरड्रप स्क्रिनसहितको ओपो एफनाइन मोडल एक नवप्रवर्तनात्मक उपकरण रेहको कम्पनीद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।


प्रकाशित : श्रावण ३१, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?