नौगाडमा बाढी र पहिरो

लगातारको वर्षाले नौगाड खोलामा बाढी र पहिरो आएको छ । नौगाड खोलामा मंगलबार रातिदेखि बहाव बढेपछि नदीले जमिन कटान गर्नुका साथै आधा दर्जन घरमा बाढीले क्षति पुर्‍याएको छ ।

पहिरो खसेपछि बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

लगातारको वर्षापछि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग र बीपी राजमार्ग बिहीबार बिहानदेखि अवरुद्ध भएको छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने रोशीखोला आसपासमा साना, साना पहिरो खस्दा बीपी राजमार्ग समेत अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

भक्तपुरमा पहिरोले पुरिएर एकै परिवारका तीनको मृत्यु

चाँगुनारायण नगरपालिका–७ मझुवा बागेहिटीमा पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको छ । 

हेटौंडा – कुलेखानी सडक अवरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा– कुलेखानी सडकखण्डकाे इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेल र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिराे खस्दा हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको छ । 

नारायणगढ–मुग्लिन सडककाे तीन ठाउँमा पहिरो

रातिदेखि नै ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा मंगलबार बिहानैदेखि गाडी चल्न सकेका छैनन् । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार गाइघाट, घुमाउने र टोपे खोलामा पहिरो गएको छ ।

'यो वर्ष नारायणगढ-मुग्लिन सडकको पहिरो रोक्न नसकिने'

नारायणगढ-मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् । वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ । 

३३ वर्षदेखि पहिरो

बिटुले–पारिबगड सडक खण्ड बेला–बेला अवरुद्ध हुने गरेको छ । यो सडक वर्षातमा मात्रै होइन, दुई/तीन घण्टा लगातार पानी परे जुनसुकै समयमा अवरुद्ध हुन्छ । वर्षात्मा त अधिकांश समय यो क्षेत्रमा आवतजावत नै ठप्प हुने स्थानीय बताउँछन् ।

बाढी पहिरो पीडितलाई उचित प्रबन्ध गर्न राजपाको माग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बाढी पहिरोमा आफन्त गुमाएका परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

सांसद्‌द्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

सांसद्हरुले देशभर अविरल वर्षाका कारण बाढी, पहिरोबाट धनजनको ठूलो क्षति भइरहेकोले राहत, पुनर्स्थापना र रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नारायणगढ–मुग्लिन सडक ठप्प, टोपे खोलामा फेरि पहिरो

नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडक अवरुद्ध, विभिन्न ३ स्थानमा पहिरो

नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन: बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएको छ ।