२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७
बाँसबारी जग्गा हिनामिना

बाँसबारी जग्गा हिनामिना प्रकरण : सांसद एवं उद्योगी विनोद चौधरीसँग बयान जारी

चैत्र ८, २०८०

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बय...

नियोजित आक्रमण भएको सांसद चौधरीको आरोप

अरुणकुमार चौधरीलगायतको पक्राउपछि सांसद तथा उद्योगी विनोद चौधरीले कांग्रेस संसदीय दलको बैठकमा विशेष समय लिएर बोल्दै उद्योगी व्यवसायीमाथि नियोजित आक्रमण भएको आरोप लगाएका छन् । यस्तो गतिविधिले आगामी लगानी सम्मेलनसमेत बिथोलिन सक्ने उनको भनाइ छ । 

प्रारम्भिक सोधपुछमा नबोलाई पक्राउ गरेकामा निजी क्षेत्रको आपत्ति

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानमा समेत नबोलाई, उचित र पर्याप्त आधारबिनै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको भन्दै निजी क्षेत्रका संस्थाहरूले विरोध जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पक्राउको शैलीप्रति आपत्ति जनाएका हुन् । 

बाँसबारीको १० रोपनी जग्गा प्रकरण : उद्यमी अरुण चौधरीसहित तीन पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।