१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०
इजरायल : ग्राउन्ड जिरो रिपोर्टिङ

मानव जीवनमाथि भयानक शक्ति प्रदर्शन

कार्तिक १२, २०८०

अक्टोबर ७ को बिहानै इजरायलका लागि हमास आक्रमण अप्रत्याशित थियो, युद्धसँग साइनो नै नभएको नेपालले पनि अकल्पनीय क्षति बेहोर्नुपर्‍यो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि सिक्न र बुझ्न इजराय...

ग्राउन्ड जिरो रिपोर्टिङ : विपिनको अवस्था अझै अज्ञात

प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो ।

ग्राउन्ड जिरो रिपोर्टिङ : साइरन सुन्दै, बंकरमा छिर्दै

आइतबार दिउँसो २ बजे हामी गोरखाका हिमाञ्चल कट्टेलसँग कुराकानी गरिरहेका थियौं, एक्कासि साइरनको ठूलो आवाज गुन्जियो । करिब ७० किलोमिटर टाढा रहेको गाजा क्षेत्रबाट प्रहार गरेको लामो दूरीको रकेट हर्जोलियातर्फ सोझिएपछि सावधान रहन साइरन बजिरह्यो ।

इजरायलबाट नेपालीको शव पठाउन अनिश्चित

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पठाउन केही दिन लाग्ने भएको छ । इजरायल आफैं युद्धरत रहेकाले शव व्यवस्थापनलाई प्राथमिकता दिएको छैन । असोज २० मा किबुज अलुमिन प्रवेश गरी हमास लडाकुले अन्धाधुन्ध गोली र ग्रिनेड प्रहार गर्दा १० नेपाली मारिएका थिए । चार जना घाइते छन् भने एकको अवस्था अज्ञात छ ।