१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नेपालगन्जमा निषेधाज्ञा र कर्फ्यु हट्यो  

आश्विन २३, २०८०

बाँकेको नेपालगन्जमा एक हप्तादेखि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा र कर्फ्यु हटेको छ। नेपालगन्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञाको समय घटाउँदै लगेको थियो।...

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु खुकुलो बनाइयो

सर्लाही सदरमुकाम मलंगवामा बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु सोमबारबाट केही खुकुलो बनाइएको छ । बिहानदेखि बेलुकासम्म कर्फ्यु खुला गरिएपनि राति भने कायमै राखिएको छ ।

सर्लाहीको मलंगवामा अनिश्चितकालीन कर्फ्यू

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु खुल्यो

सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि खुलेको छ । तर ७२ घन्टासम्म निषेधाज्ञा भने जारी गरिएको छ । कर्फ्यु खुलेपछि बजार, पसल भने खुल्न थालेका छन् । जनजीवन सामान्य छ ।

मलंगवामा कर्फ्यु जारी

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शनिबार साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए । 

डोटीमा झडप, बाजुरामा कर्फ्यु

जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा निषेधाज्ञा जारी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच झडप हुँदा कोल्टी बजार क्षेत्र तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले स्थिति नियन्त्रणबाहिर जाने अवस्था भएपछि बूढीनन्दा नगरपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको बताए ।

बुढीनन्दा क्याम्पसको झडपपछि कोल्टी बजारमा कर्फ्यू

बाजुराको कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले बजारमा निषेधाज्ञा जारी गरेको छ । स्ववियुको निर्वाचनका क्रममा प्रतिस्पर्धी विद्यार्थी संगठनहरुबीच झडप भएर कोल्टी बजार नै तनावग्रस्त भएपछि सोमबार बिहानसम्मका लागि निशेषज्ञा जारी गरिएको हो ।

२ पक्षबीच झडपपछि महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु

महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

बाजुराका दुइटा स्थानीय तहमा कर्फ्यु

बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ । बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो ।

मोरङको लेटाङ क्षेत्रमा कर्फ्यू

एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाएको छ ।

वीरेन्द्रनगरमा कर्फ्यू हटाएर निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सोमबार लगाएको २४ घण्टे कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । एमसीसी पारित भएको विषयमा ८ वटा साना कम्युनिस्ट दलले गरेको बन्दमा तोडफोड र आगजनी भएको भन्दै सोमबार ८ बजेदेखि मंगलबार ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो ।

बन्दकर्ता आगजनीमा उत्रिएपछि वीरेन्द्रनगरमा कर्फ्यू

बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको छ ।

दिल्लीमा सप्ताहान्तको दुई दिन कर्फ्यू

कोरोना संक्रमण बढ्दै गर्दा भारतको राजधानी नयाँ दिल्लीमा दिल्ली सरकारले सप्ताहान्तको दुई दिन शनिबार र आइतबार पूरा समय कर्फ्यू लगाउने निर्णय गरेको छ ।

मोतिपुर औद्योगिक क्षेत्रको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हट्ने

 बुटवलमा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ । जग्गा अतिक्रमण गर्ने व्यक्ति र सुरक्षाकर्मीबीच झडप भएपछि बुटवल उप–महानगरपालिका–१७ र १८ मा गत आइतबार दिउसो ४ बजेदेखि रुपन्देही प्रशासनले कर्फ्यू  लगाएको थियो । औद्योगिक क्षेत्रमा देखिएको तनाव शान्त बन्दै गएकाले मंगलबार राति १२ पछि कफ्यु हटाईने भएको हो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विज्ञप्ती जारी गर्दै कफ्यु हटेपनि निषेधाज्ञा जारी रहने बताएका छन् । 

रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यू लगाइयो

निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ । आइतबार दिउँसो औधोगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरु र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो । झडपमा ६ जना घाइते भएपछि प्रशासनले कर्फ्यू जारी गरेको हो ।