१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बझाङ भूकम्प [अपडेट]  : दुई जना घाइते, पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध 

बझाङमा भूकम्पमा परी दुई जना घाइते भएका छन् । भूकम्पमा परी जयपृथ्वी नगरपालिका-१० का दुई जना घाइते भएका हुन् ।  घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको तर उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बझाङमा फेरि ६.३ म्याग्निच्युडको भूकम्प

बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

बझाङको तलकोट केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङको दौलीचौर केन्द्रविन्दु भएर भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।

बाजुरामा ५.९ म्यागनेच्युडको भूकम्प

बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर बिहीबार राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो ।

सेवा सुधार्ने अभियानमा बझाङ प्रशासन

गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा अनुत्तीर्ण भएको जिल्ला प्रशासन कार्यालय बझाङले सेवा सुधारको प्रयास थालेको छ । समयमै प्रभावकारी सेवा प्रवाह गर्न सबै कर्मचारीले कार्यालय समयभन्दा केही अघि नै उपस्थित हुनुपर्ने र ठीक १० बजे हुने राष्ट्रिय गानमा अनिवार्य सहभागी हुनुपर्ने नियम लागू गरेको छ ।

कार्यसम्पादनमा जाजरकोट, चितवन र बझाङ प्रशासन अनुत्तीर्ण

गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनमा तीनवटा जिल्ला प्रशासन कार्यालय अनुत्तीर्ण भएका छन् । अर्धन्यायिक अधिकारको समेत प्रयोग गरिरहेका जिल्ला प्रशासन कार्यालयहरूमध्ये जाजरकोट, चितवन र बझाङ ६ महिने कार्यसम्पादनमा कमजोर देखिएका हुन् । पश्चिम रुकुम भने कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ । 

बैतडी, बझाङ र दार्चुलामा समानुपातिकतर्फ एमाले पहिलो

निर्वाचनमा बैतडी, बझाङ र दार्चुलामा प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । प्रत्यक्ष निर्वाचनमा लज्जास्पद हार व्यहोरे पनि एमालेले समानुपातिकतर्फ भने आफ्नो जनमत कायम राख्न सफल भएको हो । सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

बझाङ प्रदेशसभा १ मा कांग्रेसका सिंह निर्वाचित

बझाङ जिल्लाबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का अफिलाल ओखेडालाई ३ हजार ७ सय ७६ मतको अन्तरले पराजित गरेका हुन् । 

बझाङ जिप दुर्घटनामा मृत्यु हुने सात जनाकै सनाखत, १८ घाइते, १ को अवस्था चिन्ताजनक

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । 

आलुमा आत्मनिर्भर हुँदै बझाङ

कतै ताजा आलु खन्ने र बोरामा प्याकिङ गर्ने चटारो देखिन्छ त कतै भर्खरै उम्रिएका आलुले हरियाली भएका छन् बझाङका फाँटहरू । अनि कतै भर्खरै लाइनमा आलु लगाइएका किरिमिरी कान्लाहरू । बझाङका अधिकांश गाउँमा अहिले यो दृश्य जताततै देखिन थालेका छन् । बजार क्षेत्रमा भर्खरै बारीबाट निकालेका आलु बेच्न राखेको र आलु बेच्नका लागि बोरा ओसार्नेहरूको ताँती छ । 

बझाङ जिससमा गठबन्धनका बोहरा निर्विरोध निर्वाचित 

जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नरबहादुर बोहरा निर्वाचित भएका छन् । नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनको उम्मेदवारहरुको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।