एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको यात्रा शुक्रबार सेमिफाइनलमै रोकिएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पहिलो सेमिफाइनलमा भारतले नेपाललाई ६१–१७ ले हरायो । हारसँगै नेपाल कांस्य पदकमा सीमित भएको छ ।
नेपालका विशालसिंह विष्टले पदकबाट धेरै टाढा रहे पनि भारोत्तोलनमा बिहीबार ऐतिहासिक प्रदर्शन गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजियममा सम्पन्न पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष्ट्रिय कीर्तिमानसहित ३ सय १ केजी उठाउने दुर्लभ कीर्तिमान स्थापित गरेका छन् । नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा कुलमा ३ सय केजीसम्म भार उचालेको यो पहिलोपल्ट हो । सुनील जोशीले यसअघि अभ्यासमा तीन सय केजी उठाएको दाबी गरिन्छ ।
नेपालले १९ औं एसियाली खेलकुदमा कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको छ । महिला कबडडीको समूह ‘बी’ मा इरानले बुधबार बंगलादेशलाई ५६–१६ अंकले हराएपछि नेपालको भाग्य खुलेको हो । पहिलो हाफमा इरान २८–५ ले अगाडि रह्यो । समूहमा लिग चरणका सबै खेल सकिएको छ । त्यसमा इरान लगातार दुई खेल जित्नै शीर्षस्थानमा रहेर सेमिफाइनल पुग्यो ।
नेपालले चीनमा भइरहेको १९ औं एसियाली खेलकुदमा कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीको समूह ‘बी’ मा इरानले बुधबार बंगलादेशलाई ५६–१६ ले हराएपछि नेपालको भाग्य खुलेको हो ।
क्रिकेटमा ‘यदि र तर’ हुँदैन । त्यस्तो भएको भए नेपालले एसियाली खेलकुदमा भारतविरुद्ध फरक नतिजा ल्याउन सक्थ्यो । यदि नेपालले केही सटीक फिल्डिङ गरेर केही रन बचाएको भए कथा बेग्लै हुनसक्थ्यो । तर, हारमा पनि नेपाललाई प्रदर्शनका सकारात्मक पक्षले उत्साही हुने अवसर दिएको छ ।
लगभग निश्चित । पदकलाई अझै कुर्नुपर्ने । अन्ततः नेपालका लागि १९ औं एसियाली खेलकुदमा त्यस्तो खेल र टिमले पदक दिलाउने भएको छ, जसको सहभागिता सुरुमा टुंगो नै थिएन । खेलकुदमा भनिन्छ, बहादुरलाई भाग्यले साथ दिन्छ । नेपालको महिला कबड्डी टिमको कथा यस्तै रह्यो ।
१९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी शारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी कुल १५८ केजी उचालेकी छन् ।
अन्ततः नेपालले १९ औं एसियाली खेलकुदमा पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७-२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने भएको हो ।
नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार अन्तिम आठको यात्रा तय गरेको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो ।
नेपालले १९ औं एसियाली खेलकुदको ई–स्पोर्टसअन्तर्गत पिस एलिट पब्जी मोबाइलमा शुक्रबार सेमिफाइनल यात्रा तय गरेको छ । एलिमिनेट चरणको समूह ‘सी’ मा दोस्रो भएर नेपाल सेमिफाइनल पुगेको हो ।
फेरि एकपल्ट नेपाली तेक्वान्दोले एसियाली खेलकुदमा कुनै पदक जित्न सकेन । नेपालले तीन खेलमा पदक आस गरेको थियो । तेक्वान्दोसँगै बक्सिङ र करातेबाट नेपालले हाङचउमा पदक अपेक्षा गरेको हो ।
नेपाली क्रिकेट टिमले १९ औं एसियाली खेलकुदमा बुधबार प्राप्त जितमा साक्षी बन्ने अवसर युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पनि पाए । चेचियाङ युनिभर्सिटीको मैदानमा प्राप्त जितमा बधाई दिन उनीसँगै पुगेका थिए नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।
१९ औं एसियाली खेलकुदमा पदकको आस गरिएकी नेपालकी बक्सिङ खेलाडी सुष्मा तामाङ बुधबार पहिलो चरणमै पराजित भएकी छन् । महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा काजकिस्तानकी नाजम काइजाईसँग अंकका आधारमा ५–० ले चुकिन् ।
विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको पनि थिएन । विश्व क्रिकेटमा यस्तो दिन दोहोर्याएर विरलै मात्र आउने छ । नेपालले बुधबार कुल ५ विश्व कीर्तिमान बनाएको छ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो ।