सुवासचन्द्र नेम्वाङजीसँग ठ्याक्कै यही मितिमा भेट भएको भनेर सम्झना छैन । प्रत्यक्ष भेट नहुँदै हामी परिचित थियौं । भूमिगतकालमा इलामको सुन्तलाबारी (नेम्वाङको जन्मघर) मा हाम्रा बैठक हुने गर्थे । ...
सुवास नेम्वाङजीलाई सबैभन्दा पहिले सरल नेताका रूपमा चिनेको हुँ । उहाँको आफ्नैखाले आदर्श थियो । उहाँले जहिले पनि राष्ट्रिय एकतामा जोड दिनुहुन्थ्यो । आफ्नो पदीय दायित्वमा निकै ख्याल गर्नुहुन्थ्यो । आफ्नो पदको मर्यादालाई बलियो बनाउनुपर्नेमा सधैं प्रतिबद्ध हुनुहुन्थ्यो । सभामुख कुनै पार्टीको जगबाट आएको हुन्छ तर उहाँले पदीय दायित्व निष्पक्ष ढंगले निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो ।
सुवासजीसँग मेरो २०४६ सालको आन्दोलनदेखि परिचय र सहकार्य हुँदै आएको हो । मुख्यगरी सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे समझदारी, शान्ति प्रक्रियामा आएपछि उहाँसँग नजिकबाट सहकार्य गर्ने मौका जुर्यो । संविधानसभा रहने क्रममा उहाँ संविधानसभाको अध्यक्ष र म प्रधानमन्त्री अनि दोस्रो संविधानसभामा म संवैधानिक समितिको सभापति थिएँ । त्यसबेला निकट सम्बन्ध राखेर काम गर्ने अवसर मिल्यो ।
नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सोमबार अबेर राति महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुर्याउनुअघि नै निधन भएको अस्पतालले जनाएको छ । चिकित्सकहरूले हृदयाघातका कारण नेम्वाङको निधन भएको आशंका गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले लोकतान्त्रिक व्यवस्था अपहरण गरेपछि तत्कालीन सात राजनीतिक दल प्रतिगमनका विरुद्धमा आन्दोलनरत थिए । राजनीतिक दलका कार्यक्रम तय गर्दा र छलफल हुँदा नेम्वाङजी सधैं एमालेका तर्फबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालका अत्यन्तै विश्वास पात्र हुनुहुन्थ्यो ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भएको छ । इलाम क्षेत्र नं. २ बाट निर्वाचित नेम्वाङ घरमै बेहोस भएपछि नजिकैको शिक्षण अस्पताल महाराजगन्जमा पुर्याएलगत्तै मृत घोषणा गरिएको हो । परिवार स्रोतका अनुसार उनी सोमबारदेखि ज्वरो आएर अस्वस्थ भएपछि घरमै चिकित्सक बोलाएर स्वास्थ्य जाँचसमेत गरिएको थियो ।
संविधानसभा अध्यक्ष एवं प्रतिनिधिसभाका बहालवाला सदस्य सुवासचन्द्र नेम्वाङको निधनले देश स्तब्ध भएको छ । संविधानसभाबाट संविधान निर्माण कार्यलाई सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनको निधनसँगै मुलुकले संविधान र कानुनका ज्ञाता, संसदीय राजनीतिका अनुभवी र शालीन राजनीतिज्ञ गुमाएको छ ।
विसं २०७९ असार १७ गते सुवासचन्द्र नेम्वाङले नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यसपालिको फिफा विश्वकप (२०२२) को उपाधि अर्जेन्टिनाले जित्ने ठोकुवा गरेका थिए । त्यसको एउटै कारण थियो, जादुमयी खेलाडी लियोनल मेसीले उक्त टिमको कप्तानी गरिरहेका थिए । मेसीले जित्न बाँकी विश्वकप नै थियो । नेम्वाङमात्र होइनन्, मेसीका सबै प्रशंसक चाहन्थे कि उनी एकपटक विश्व विजेता बनून् ।
राजनीति गर्ने कमै व्यक्तिलाई मात्र यस्तो अवसर प्राप्त हुन्छ, जसको नाम मुलुककै इतिहासमा पहिलो पटक लेखियोस् । सुवासचन्द्र नेम्वाङ तिनै विरल नेतामध्येमा पर्थे । जसको नाम पहिलो पटक जनताबाट निर्वाचित प्रतिनिधिको संविधानसभाबाट संविधान जारी गर्ने नेतृत्वकर्ताका रूपमा अंकित हुन पुग्यो ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनले पुर्ख्यौली थलो पाँचथरसँगै इलामसमेत शोकमग्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–१ माथ्लोगाँउ थातथलो रहेका नेम्वाङका पिता बसाइँ सरेर इलाम गएपछि उनको जन्म पनि इलाममै भएको थियो । नेम्वाङको निधनले जनप्रतिनिधि र राजनेता मात्रै नभएर इलाम र पाँचथरका सर्वसाधारण शोकमग्न छन् ।
उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बिहान आकस्मिक रूपमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय लगिएको छ ।
कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित भएको छ । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक व्यक्त गर्दै आजको कार्यक्रम स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले वाम आन्दोलनमा क्षति पुगेको बताएका छन् । नेम्वाङ एक शालीन र सन्तुलित व्यक्तित्व, राजनीतिक अतिका बेला एउटा भरपर्दो विकल्प भएको महासचिव भूसालको भनाइ छ ।
सुन तस्करी प्रकरणको छानबिनको माग गर्दै एमालेले लगातार संसद् अवरोध गरिरहेपछि त्यसबारे कुराकानी गर्न सुवासचन्द्र नेम्वाङले गत साउन २५ गते संसदीय दलको कार्यालयमा बोलाएका थिए । कुराकानीका लागि निर्धारित समयभन्दा केहीबेर ढिलो उनी कार्यकक्षमा आइपुगे ।