बस दुर्घटना हुँदा सल्यानमा ९ जना घाइते भएका छन् । बाग्चौर नगरपालिका–१२ बाफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख २५४१ नम्बरको बस बाग्चौर नगरपालिका–७ चौफारीस्थित भित्री कच्ची सडकखण्डमा आइतबार बिहान साढे १० बजे दुर्घटना भएको हो ।
जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जुम्लादेखि मुगुतर्फ जाँदै गरेको जिप कनकासुन्दरी–४ छाकुनेरामा दुर्घटनामा परेको हो । भे १ ज १०९९ नम्बरको जीप सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
पेप्सीकोला भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भई काठमाडौंमा बस्दै आएका राज भट्टराई रहेको प्रहरीले जनाएको छ ।
जुम्ला कनकासुन्दरी–४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । आइतबार बिहान जुम्लादेखि मुगु जाँदै गरेको जिप दुर्घटनामा परेको थियो ।
जिल्लाको लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा कार पल्टिँदा दुई जनाको मृत्यु भएको चार जना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार काठमाडौंका लागि छुटेको बा १५ च ९३७० नम्बरको कार शनिबार राति २ बजे माथिल्लो मोडबाट तल खस्दा दुर्घटना भएको थियोे ।
पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । काठमाडौंको पेप्सिकोलास्थित गुडिरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको जिप‚ मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ५ जना घाइते भएको प्रहरी वरीष्ठ नायव निरीक्षक टंकप्रसाद शिवाकोटीले जनाए ।
इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् ।
पाल्पाको तानसेन नगरपालिका-१२, बौघापोखराथोक जोर्तेमा भएको जिप दुर्घटनामा ६ यात्रु घाइते भएका छ्न् । बुटवलबाट पाल्पा हुँदै गुल्मीको दिगाम जाँदै गरेको बा१६ च ४३७३ नम्बरको जिप जोर्तेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रिबस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
तेह्रथुमको म्याङलुङमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ : ३० बजेतिर दुर्घटना भएको हो ।
बाराको चुरियामाईमा काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको तीर्थालु बोकेको बस सडकबाट ५० मिटर तल पल्टिँदा एक जना नेपालीसहित छ जना भारतीय नागरिक गरी ७ जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते छन् ।
धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।
नेपाली कांग्रेसले बुधबार धादिङमा भएको दुर्घटनामा बेपत्ताको खोजी र घाइतेहरुको उपचारको उचित प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले पछिल्लो समय सवारी दुर्घटना बढ्दो क्रममा रहेको भन्दै तत्काल एक कार्यदल गठन गरी घटनाहरुको गहिरो अध्ययन गर्न समेत माग गरेको छ ।
काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।