डेंगी संक्रमण

हिमालमा फैलिँदै डेंगी

आश्विन ५, २०८०

छायानाथरारा नगरपालिका–५ का ४७ वर्षीय खडकराज कामी झन्डै ४ दिनसम्म कडा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, शरीर दुख्नेलगायत समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल पुगे । जाँच गर्दा डेंगी स...

देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघ्यो, १० जनाको मृत्यु

डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा पुगिसकेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १४ हजार ३५७ पुगेको हो ।  

डेंगी नियन्त्रणलाई प्राथमिकतामा राख्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले डेंगी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै डेंगीको संक्रमण बढ्दै जाँदा महामारीको रुप लिनसक्ने भन्दै त्यसतर्फ सचेत गराएका हुन् ।

पाल्पामा डेंगी बढेपछि खोज र नष्ट अभियान

पहाडी जिल्ला पाल्पामा डेंगी संक्रमण बढेपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट प्रत्येक वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरेका हुन् ।

धरानमा डेंगी संक्रमितको संख्या करिब १० हजार, स्वास्थ्य आपत्‌काल घोषण गर्न सिफारिस

धरानलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ लागू गरेर डेंगीबिरुद्ध तीब्र अभियान चलाउन गृह मन्त्रालयमा सिफारिस गरिएको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबारको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको बताइन् ।

डेंगी संक्रमित संख्या ११ हजार नाघ्यो, ८ जनाको मृत्यु

नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेकाे छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेकाे छ । 

ताप्लेजुङमा डेंगी संक्रमितको संख्या १४ पुग्यो

जिल्लामा डेंगी संक्रमितको संख्या १४ जना पुगेको छ । हालसम्म नौ पुरुष र पाँच महिला संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

लम्पी, डेंगी, बाढीपहिरो र मूल्यवृद्धिका मुद्दा ओझेलमा‚ ३ सातायता संसद् बैठक बस्न सकेन

प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै लगातार बैठक चल्न नदिँदा संसद्मा आम सरोकारका जल्दाबल्दा विषयमा छलफल हुन सकेको छैन । संसद्‌मा लगातार देखिएको अवरोध हटाउन सत्तापक्षीय नेताहरूले प्रभावकारी अग्रसरता लिएको पनि देखिँदैन । 

पाल्पामा डेंगी संक्रमणबाट १ जनाको मृत्यु

पाल्पामा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।

धरानमा परीक्षण गर्नेमध्ये ७८ प्रतिशतमा डेंगी

धरानका परीक्षण गर्नेमध्ये ७८ प्रतिशतमा डेंगी संक्रमण पुष्टि भएको छ । धरान उमपहानगरको स्वास्थ्य महाशाखाका अनुसार २० वटै वडामा घरघरै डेंगीका बिरामी छन् । कतिपय घरमा नौ जनासम्म संक्रमित भएर उपचार गराइरहेका छन् । शुक्रबार जाँचका लागि आएका १७२ जनाको परीक्षण गर्दा १३४ जना संक्रमित पाइएका छन् ।

डेंगी नियन्त्रण गर्न दिक्तेलमा लामखुट्टेको लार्भा मार्ने अभियान सुरू

डेंगीका बिरामी बढ्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलमा प्रकोप रोकथाम तथा नियन्त्रण गर्न लामखुट्टेको लार्भा मार्ने अभियान सुरु गरिएको छ ।

उपत्यकामा डेंगी प्रकोपको जोखिम कायमै

धरानलगायतका सहरमा डेंगीले महामारीको रूप लिए पनि यस वर्ष राजधानी उपत्यकामा भने डेंगीले प्रकोपकै रूप लिने सम्भावना कम रहेको विज्ञहरूले बताएका छन् । तर, सावधानीका लागि सातामा एक पटक घर र छेउछाउमा लामखुट्टेको लार्भा तथा बासस्थान नष्ट गर्ने अभियान चलाउन उनीहरूको सुझाव छ ।

डेंगी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोज : कांग्रेस

नेपाली कांग्रेसले देशभर फैलिएको डेंगी नियन्त्रणका लागि दिगो र प्रभावकारी समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरेको हो ।

डेंगी संक्रमितको संख्या ७ हजार नाघ्यो, सबैभन्दा धेरै सुनसरीमा

देशभर डेंगी संक्रमितको संख्या ७ हजार नाघेको छ । संक्रमित सबैभन्दा धेरै सुनसरीमा देखिएका छन् ।

बुटवलमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन

बुटवल उपमहानगरपालिकमा डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन हुने भएको छ । उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बुधबारदेखि नै १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णयसहित सुरु गरिएको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

डेंगी प्रभावित वडामा शिविर

डेंगी संक्रमण फैलिरहेको धरानमा उपमहानगरपालिका र प्रभावित वडाहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । डेंगी प्रभावित अधिकांश वडाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा गरेका हुन् ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी, निःशुल्क डेंगी क्लिनिक र अस्पतालले संक्रमितको चाप धान्न सकेका छैनन् ।

डेंगीको संक्रमण बढेपछि धरानका प्रभावित वडामा निःशुल्क स्वास्थ्य शिविर 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र निःशुल्क डेंगी क्लिनिक र डेंगी अस्पतालले धान्न नसकेपछि धरान उपमहानगरपालिका र डेंगी प्रभावित अधिकांश वडाहरूले निःशुल्क डेंगी स्वास्थ्य शिविर सञ्चालनमा ल्याएका छन् । 

पाँचथरमा पनि डेंगी संक्रमण बढ्दो

पाँचथरको फिदिम नगरपालिका ४ की भीमा लिम्बूको घर सामुन्ने मोटरसाइकल बनाउने वर्कसप छ । वर्कसपको कुनामा थुपारिएका पुराना टायरमा पानी जमिरहेको छ ।

डेंगी रोकथामका लागि काभ्रेमा ‘खोज र नष्ट’ अभियान

तीव्र रुपमा फैलिँदै गरेको डेंगी संक्रमणको जोखिम रोकथामका लागि काभ्रेमा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले ‘खोज र नष्ट’ अभियान सञ्चालन गरेको छ ।