नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम खारेज गर्ने र अर्को ल्याउनुपर्छ भन्ने माग उचित छैन : वामदेव गौतम 

जेष्ठ ८, २०८०

सरकारले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउने माग गर्नु उचित नभएको राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताएका छन् । ...

तामझामबिनै राष्ट्रपतिको सवारी

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । कारण– उनी राष्ट्रपति भवन शीतलनिवासबाट नयाँ बानेश्वर चोकसम्म राष्ट्रपतिको निजी सवारीका क्रममा हुने सामान्य सुरक्षा घेरामा थिए ।

नीति तथा कार्यक्रम : कसले के भने ?

सरकारले अधिकांश पुराना र केही नयाँ कार्यक्रम थपेर नीति तथा कार्यक्रम ल्याएको छ । केही कार्यक्रम महत्त्वाकांक्षीसमेत रहेका छन् । प्रमुख राजनीतिक दलले सरकारको नीति तथा कार्यक्रम समस्यामा रहेको अर्थतन्त्रलाई सम्बोधन गर्ने खालको नभएको बताएका छन् । 

वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने

सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।

खाद्य प्रविधि र औषधि व्यवस्था विभाग गाभिने

सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागलाई गाभ्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

स्वास्थ्यका के-के विषय समेटिए ?

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिने घोषणा गरेको छ । सबै प्रदेशमा स्तरीय अस्पताल स्थापना गर्नुका साथै दीर्घरोगको निदानका लागि पनि महत्त्वाकांक्षी योजना अगाडि सारेको छ ।

'भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएका छन्'

सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकार र नागरिक एकैठाउँमा उभिएको जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठन भएपछिको मन्त्रिपरिषद्को पहिलो बैठकले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीतिलाई परिणाममा देखिने गरी कार्यान्वयन गर्ने सङ्कल्पका साथ दूरगामी महत्त्वको निर्णय गरेको बताएका हुन् । 

सबै प्रकारका सिन्डिकेट अन्त्य गर्न अनुगमन प्रभावकारी बनाइने

राष्ट्रपति रामचन्द्र पौडेले सबै प्रकारका सिन्डिकेट र कार्टेलिङ अन्त्य गरिने बताएका छन् । शुक्रबार संसद्‍मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति पौडेलले उपभोक्ताको हित संरक्षण गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने बताए ।

मुटुरोग तथा क्यान्सर निदान गर्न सबै प्रदेशमा 'सुपर स्पेसियालिटी' अस्पताल बनाइने

सरकारले प्रादेशिक स्तरको अस्पतालमा मुटुरोग तथा क्यान्सर रोगको निदान गर्न 'सुपर स्पेसियालिटी' अस्पताल बनाउने घोषणा गरेको छ ।

२० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गरिने

सरकारले २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशी उद्योगका उत्पादन प्रयोग गर्नैपर्नेगरी नीतिगत व्यवस्था गरिने बताए ।

प्रदेश र स्थानीय तहको सहकार्यमा रेलमार्गहरूको अध्ययन गरिने

सरकारले नीति तथा कार्यक्रममार्फत प्रदेश तथा स्थानीयतहको सहकार्यमा मुख्य सहरहरूमा मेट्रोरेल, मनोरेल तथा ट्राम निर्माणका लागि अध्ययनको काम अघि बढाइने जनाएको छ ।

सरकारले जग्गाको खरिद-बिक्री मूल्यलाई पारदर्शी बनाउने

सरकारले जग्गाको खरिद-बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक  गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जग्गाको कारोबार पारदर्शी बनाइने बताएका हुन् । 

स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गरिने 

सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने जनाएको छ । शुक्रबार संसद्‍मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले  रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताएका हुन् ।

इन्टरनेटबाट हुने विज्ञापन करको दायरामा ल्याइने

सरकारले इन्टरनेटको माध्यमबाट गरिने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ । शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञापन क्षेत्रमा समानुपातिक प्रणाली लागू गरिने बताएका छन् ।

एक घण्टाको पैदल दूरीमा एउटा झोलुंगे पुल

आगामी तीन वर्षभित्र बढीमा एक घण्टाको पैदल दूरीमा एउटा झोलुंगे पुल निर्माण गरिने भएको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

महावीर पुनसँगको सम्झौता नीति तथा कार्यक्रममा समेटियो,नवप्रवर्तन आविष्कार कोष स्थापना गरिने

सरकारले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेको छ ।

मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै 

सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा प्रदान गरिने जनाएको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

सिँचाइका लागि साना किसानलाई नि:शुल्क वाटरपम्प तथा ट्युबवेल

राष्ट्रपति रामचन्द्र पौडेलले साना किसानहरूलाई सिँचाइका लागि नि:शुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गरिने बताएका छन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति पौडेलले तराईमा तत्काल सिँचाइ नपुग्ने सुख्खा ठाउँमा वर्षातको पानी जम्मा गरी सुख्खायाममा प्रयोग गर्न नमुना आयोजनाको अध्ययन गरिने समेत बताए ।