१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४
एसीसी प्रिमियर कप

एसिया कप नेपालका लागि एक्सपोजर हो : कप्तान पौडेल

वैशाख १९, २०८०

एसिया कपमा छनोट भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताएका छन् । ...

नेपालको लयमा वर्षा बाधक

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार यूएईसँगको खेल पुनः वर्षाले बिथोलिएको छ । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाइ १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

वर्षाले रोकिएको खेल पुन: सुरु

वर्षाले रोकिएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पुन: सुरू भएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको थियो ।

क्रिकेटका 'क्रेजी फ्यान', छाता ओढेरै खेलको प्रतीक्षा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीचको फाइनल खेल हेर्नका लागि दर्शकहरू व्यग्र बनेका छन् । अहिले दोस्रो पटक पानीका कारण खेल रोकिएको छ । यस्तोमा छाता ओढेर कुरिरहेका दर्शकहरू खेल कतिबेला सुरू हुने हो भनेर चिन्तित बनेका हुन् । पानी परेपछि पिचलाई त्रिपालले छोपिएको छ । पानी रोकिने र खेल सुरु हुने आशामा खेल हेर्न पुगेका दर्शक छाता ओढेर प्रतिक्षारत छन् ।

नेपाल र युएईबीचको खेल पानीले प्रभावित

एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले रोकिएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको छ । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि खेल प्रभावित बनेको हो । नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ ।

नेपाल टस जितेर फिल्डिङ गर्दै

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार हुन लागेको यो फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्न पाउने छ ।

फाइनलको निर्णायक ‘मौसम’

एसिया कप छनोट आधार रहेकाले एसीसी प्रिमियर कप क्रिकेटको सोमबार हुने फाइनल नेपाल र यूएईका लागि बहुप्रतीक्षित हुनुपर्ने हो । मौसम प्रतिकूलताका कारण त्यो जोस र उत्साह दुवै टोलीमा देखिँदैन । न त प्रशंसकमै त्यो हतारो रहेको पाइन्छ ।

नेपाल एसिया कप नजिक

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि भिडन्तमा यूएईको सामना गर्ने भएको छ । शनिबार वर्षाले प्रभावित सेमिफाइनल खेलबाट नेपालले कुवेत र यूएईले ओमानलाई पन्छाउँदै सोमबार हुने फाइनलमा स्थान पक्का गरेका हुन् ।

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो । 

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

कुवेतसँग एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

एसीसी प्रिमियर कप : वर्षाले फेरि रोकियो कुवेत र नेपालबीचको खेल

एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले पुन: रोकिएको छ । वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । 

वर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल सुरु [अपडेट]

नेपाल र कुवेतबीच एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु भएको छ । खेल ४२/४२ ओभरको हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान सुरु भएको खेल १० बजेर ४५ मिनेटमा पानी पर्न थालेपछि रोकिएको थियो । जसमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

वर्षाले रोक्यो नेपाल र कुवेतको खेल

त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको छ । नेपाल समूह ‘ए’ को विजेता बनेर सेमिफाइनल पुगको हो भने कुवेत समूह 'बी'को अन्तिम खेलमा हङकङलाई स्तब्ध पार्दै नेपालसँग प्रतिस्पर्धामा उभिएको हो ।

टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप अन्तर्गत शनिबार कुवेतविरूद्धको आजको सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङ रोजेको छ ।

सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो ।

कतारसँग जोगियो नेपाल, शनिबार सेमिफाइनल खेल्ने

निराशाजनक ब्याटिङ गरे पनि नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामामा बिहीबार कतारलाई ६८ रनले पराजित गरेको छ ।

कतारसँग नेपाल सस्तैमा अलआउट

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य बनाएको नेपालले त्यसको छनोटका रूपमा रहेको एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा निराशाजनक ब्याटिङ गरेको छ । कतारले टस जितेपछि ब्याटिङमा आएको नेपाल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भयो । नेपाली इनिङ्समा केवल १२ चौका समावेश थियो ।

एसीसी प्रिमियर कप : टस हारेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समूह 'ए' को खेलमा कतारले टस जितेर पहिले फिल्डिङ रोजेको हो । 

एसीसी प्रिमियर कप : ओमान र यूएई सेमिफाइनलमा

ओमान र यूएई एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । बुधबार लिग चरणको आ–आफ्नो अन्तिम खेलमा ओमानले साउदीलाई ७२ रन र यूएईले बहराइनलाई ८ विकेटले पराजित गरे ।