२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुद्धजङ रायमाझीको सक्कली सानो जीवन–चरित्र

आश्विन १५, २०७९

कथाको पात्र/चरित्रलाई कथाकै पात्र सम्झेर–बुझेर पढेको वेश । कथाका पात्रमा यथार्थ व्यक्ति खोज्न–खोतल्न थालियो भने पुगिने— विभ्रम, शंका र अराजकतामा हो । तर, यसो भनिरहँदा कथा कल्पित कुरो मात्र हो...

गैरकम्युनिस्ट

म कथालाई अभिव्यक्तिको सरल, सुन्दर, सुरुचिपूर्ण, सुललित, संवेगात्मक र स्वाभाविक माध्यम मान्छु । साहित्यका अन्य विधाभन्दा आख्यान त्यो विधा हो, जुन मान्छेको मस्तिष्कभन्दा हृदयसँग नजिक हुन्छ । मैले लेखनको सुरुवाती अवस्थामा कविता लेखेँ, तर जीवनको प्रारम्भिक चरणमा कथा सुनेँ । बाआमा र हजुरआमाले कथेका कथा सुन्दै म हुर्कें । मेरो बाल मस्तिष्कमा कल्पनाशीलता जगाउने काम कथाले नै गरेको हो । कथाले नै मेरो मनमा सृजनाको मुना टुसाएको हो । कविता र गीतको प्रस्फुटन काव्यात्मक होला, तर त्यसले भन्न खोजेको पनि ‘कथा’ नै हो । सृजनाको पहिलो झिल्को कथाका रूपमा नै मानव मस्तिष्कमा उदय हुन्छ र त्यसपछि साहित्यका भिन्न स्वरूपमा परिणत हुन्छ । कथा प्रस्तुतिको विषय, शिल्प र शैली जस्तोसुकै भए पनि मानवीय संवेदनालाई स्पर्श गर्न सक्ने कथा नै सफल कथा हो भन्ने म ठान्छु ।

श–२ ‘प्रेम हुन सक्ला पनि, प्रेम–कथा कदापि हुन सक्दैन’

कथाहरू समयका जीवित दस्तावेज हुन् । कथा–लेखन मेरो सासफेराइ हो भने कथा त्यही सास फेराइभित्रको सृजनात्मक प्रकरण ।