२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
मेयर बालेन्द्र शाह

मेयर शाहको अभिव्यक्ति लक्षित काठमाडौं प्रशासनको विज्ञप्ति- 'सरकारी काममा खटिनेलाई जथाभावी वक्तव्य नदेउ'

भाद्र १८, २०८०

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका कर्मचारीहरुलाई निरुत्साहित गर्ने र सामाजिक सञ्जालमा जथाभावी वक्तव्य नदिन ध्यानकर्षण गराएको छ ।...

सर्वोच्चले मेयर शाहलाई सोध्यो : अवहेलनामा किन सजाय नगर्ने ? ७ दिनभित्र जवाफ दिनू

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्दै लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की इजलासले अवहेलना मुद्दामा लिखित जवाफ माग गर्ने आदेश गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए । 

अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको हो : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत निर्माण गर्नेहरूविरुद्ध न्यायिक निरुपण गरी दण्डित गर्ने विकल्प रहेको बताएका छन् । सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत निमार्ण कार्यको कानुनी आधार स्वत: शून्य हुने उनले बताएका छन् ।

मेयर शाहले भने- 'चाहेको यत्ति हो'

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जे संरचना जे प्रयोजनका लागि बनेको हो त्यही प्रयोग हुनुपर्ने बताएका छन् । उनले शुक्रबार बेसमेन्ट खाली गराएपछि राहदानी विभागले जारी गरेको सूचना राखेर फेसबुकमा पोस्ट गर्दै धन्यवाद पनि दिएका छन् ।

अवैध संरचना हटाउन ‘एक्सन’ मा मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो ।

अल्फाबिटाका अनधिकृत संरचना भत्काएपछि मेयर शाहले भने : मैले के बिराएँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नक्सा पास भएअनुसार संरचना बनाउन आग्रह गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचनामा डोजर चलाएपछि सामाजिक सञ्जालमा लेखेर शाहले अब यसरी गर्न नपरोस् भन्दै सचेत गराएका छन् ।

अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।

अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।

बाटोमा फोहोर फ्याँक्नु अपराध हो, सीसीटीभीबाट खोजेर कारबाही हुन्छ : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जथाभावी फोहोर फाल्नु अपराध भएको बताएका छन् ।

शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न मेयर शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरेका छन‍् ।

पार्किङका लागि बनाइएका संरचना अन्य रूपमा प्रयोग नगरिदिनुहोला : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पार्किङका लागि बनाइएका संरचना पार्किङमा नै प्रयोग गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् ।

फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन् । 

फोहोरको रास लगाएर कुहिएको राजनीतिक खेल नखेलौं : बालेन्द्र शाह

सत्तारुढ दल आबद्ध नेताहरूले फोहोरमैला व्यवस्थापन अवरुद्ध गर्ने चेतावनी दिएपछि 'कुहिएको राजनीतिक खेल नखेल्‍न' भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आग्रह गरेका छन् ।

मेयर शाहले भने - 'नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ'

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नक्सा पास नगरिकन निर्माण गरिएका संरचनालाई कारबाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन् । यसका लागि बरु संविधान नै संशोधन गर्न सकिने उनको भनाइ छ ।

बानेश्वरमा मेयर शाहविरुद्ध नाराबाजी र प्रदर्शन

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

क्यारिकेचर प्रदर्शनीमा मेयर बालेन्द्र र हर्क पनि

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नेपालका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको मुहार झल्कने ‘नेपाली क्यारिकेचर प्रदर्शनी २०७९’ सुरु भएको छ । आइतबार प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लबले संयुक्त रुपमा गरिएको प्रदर्शनीमा ४३ जना कलाकारहरुद्वारा तयार गरिएको साढे तीन दर्जनभन्दा बढी व्यक्तित्व झल्कने क्यारिकेचरहरु प्रर्दशन गरिएका छन् ।

विवाद भएपछि मेयर बालेनले विजेता साइमनसँगै गएर बुझाए 'नेपहपको श्रीपेच'

हिपहप रियालिटी सो 'नेपहपको श्रीपेच'को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् ।