खराब मौसमबाट हुने नोक्सानलाई कम गर्न र राम्रो मौसमबाट फाइदा लिन भरपर्दो मौसम पूर्वानुमानको ठूलो भूमिका हुन्छ । हाल जल तथा मौसम विज्ञान विभागले गर्ने मौसम पूर्वानुमानमा धेरै सुधार भएको छ । तर ...
जलवायु परिवर्तनलाई सम्बोधन गर्न कदम चाल्नुपर्ने आवश्यकतामाथि कोप–२६ ले संसारको ध्यान केन्द्रित गरेको थियो तर ओमिक्रोनको लहरले जनस्वास्थ्य र अर्थतन्त्रमा ल्याएका चुनौती र आसन्न निर्वाचनसँगै नेपालका अरू पनि प्राथमिकता छन् ।
सन् २०२१ को सुरुवातसँगै नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा जिम्मेवारी सम्हाल्न म काठमाडौं आएको हुँ । यहाँ नयाँ जीवनको सुरुवात गर्दै गर्दा नेपालका वन डढेलोको खबरहरू सुनेर दुःख लाग्यो । काठमाडौंको आकाशमा धूवाँले ढाकिरहँदा मलाई अस्ट्रेलियाको सन् २०१९–२०२० कोब्ल्याक समर भनिएको विनाशकारी वन डढेलोको सम्झना आयो । त्यो डढेलोले निकै ठूलो क्षति गरेको थियो र विश्वव्यापी रूपमा प्रमुख समाचार बनेको थियो ।
हिन्दुकुश–हिमालय क्षेत्रका राष्ट्रहरू मिलेर साझा जलवायु रणनीतिभित्र रही विकास निर्माण कार्यहरू गर्नुपर्ने समयको माग हो । जलवायु परिवर्तनले कुनै राजनीतिक सिमानालाई टेर्दैन तर राजनीतिक समझदारी र सहकार्यले निश्चय नै सुरक्षित भविष्यको बाटो कोर्न सकिन्छ ।
केन्द्रीय तथ्यांक विभागद्वारा हालै सार्वजनिक जनगणना २०७८ को प्रारम्भिक तथ्यांकअनुसार मुलुकको कुल जनसंख्याको ६६.०८ प्रतिशत सहरी क्षेत्रमा बस्छन् । विभागले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९३ नगरपालिकालाई सहर र त्यसमा बस्नेलाई सहरी जनसंख्या मानेको छ ।
म १० वर्षको छँदा पहिलो पटक खुम्बु क्षेत्रबाट हिँडेर बनेपासम्म आएको थिएँ । त्यसबेला एउटा अमेरिकी आरोहण दल सगरमाथा चढ्ने भयो । त्यसको सरदार मेरा बा कोञ्चोक चुम्बी शेर्पा थिए । बा’ को नेपाली लेखन राम्रै थियो । तर, उहाँले मलाई अंग्रेजीमा गोराहरूलाई हिसाब बुझाउन मद्दत पुगोस् भनेर साथै ल्याउनुभएको थियो ।
सन् १९८६ मा अमेरिकी खोजकर्ता लेन्स ओवेन्स्को टोलीले सगरमाथाभन्दा पाकिस्तानको माउन्ट के २ अग्लो रहेको दाबी गरे । उनीहरूको दाबीलाई इटालीका प्राध्यापकद्वय अगस्टिनो डा पोलेन्जा र अर्डिस्टो डेसियोले चुनौती दिए । उनीहरूले सगरमाथा र के २ को उचाइ पुन: मापन गर्ने भन्दै वैज्ञानिक र हिमाल ओराहीहरूको सहयोग लिए । इटालीको नेसनल रिर्सच काउन्सिल (सीएनआर) ले रकम उपलब्ध गराउने भएपछि ‘ईभी–के २–सीएनआर प्रोजेक्ट’ सुरु गरे । जीपीएस विधिबाट दुवै हिमालको मापन लिए र सगरमाथा नै अग्लो भएको पुष्टि भयो ।
मानवीय गतिविधिले प्राकृतिक पर्यावरण प्रणालीलाई अपरिमेय क्षति पुर्याएको छ । फलस्वरूप मानव भविष्य नै संकटमा छ । परिवर्तनशील जलवायुले खाद्य सुरक्षा, पानी, जमिन, मौसमलगायतलाई असंख्य तरिकाले प्रभावित गर्दै संसारका विभिन्न भागमा रहेका जनजीवनमा असर पुर्याउँछ ।
बझाङको तल्कोट–४ मल्लो स्याँडाकी जुना बुढा गएको जेठ पहिलो साता साइपालको माजावन पाटनमा यार्चा खोज्दै थिइन् । साथमा थिए, ११ वर्षका छोरा र ८ वर्षकी छोरी । ६५ वर्षीया बुढा समुद्री सतहबाट ५ हजार १०० मिटर उचाइको यो ठाउँमा चार दिनको पैदल यात्रापछि आइपुगेकी हुन् । ४ जेठ, २०७८ मा ८ दिन भइसक्दा पनि जुनाले यार्चा भेट्टाएकी थिइनन् । उनको चासो पनि यार्चाभन्दा नाबालक छोराछोरीको सुरक्षामा देखिन्थ्यो । तीन वर्षअघि मात्रै उनकी जेठी छोरी १२ वर्षीया रेखा यही ठाउँमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएकी थिइन् ।
जलवायु परिवर्तन २१ औं शताब्दीमा विश्वमाझ प्रमुख चुनौतीको रूपमा देखापरेको छ । अतिकम विकसित मुलुक मात्र नभई आर्थिक रूपले सम्पन्न देश पनि यसको प्रभावबाट अछुतो छैनन् । भलै विभिन्न कारण विकसित देशको अनुकूलन क्षमता बढी भएकाले त्यस्ता देशमा यसबाट उत्पन्न संकट भने कम देखिन्छ ।
ठ्याक्कै एक वर्षअघि बेलायती सांसद र ‘कोप–२६’ को अध्यक्षसमेत रहेका आलोक शर्मा नेपाल भ्रमणमा आए, र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतसँग भेटेर जलवायु परिवर्तनको मुद्दामा बहस गरे ।
करिब ५३ सय हेक्टरमा फैलिएको झापास्थित जलथल जंगलमा पाइएका जैविक विविधताबाट विशेषतः वनस्पति अध्येयताहरू अचम्ममा छन् । किनभने केही वर्षयता त्यहाँ मुलुकमा अन्यत्र कतै नभेटिएका वनस्पति उल्लेख्य मात्रामा भेटिए । अर्को कुरा, यो तराई क्षेत्रमा रहेको जंगल हो तर पहाडी भेगमा मात्र पाइने रूख प्रजाति बग्रेल्ती छन् । त्यो भनेको वनस्पतिसम्बन्धी मौजुदा तथ्यांकमै नयाँ जानकारी हो ।
विद्यालयदेखि उच्च शिक्षासम्मै पर्यावरणलाई पठनपाठनको विषयवस्तु बनाइएको छ । तर, विज्ञ भन्छन्–ती कमजोरीमुक्त छैनन् । पाठ्यक्रम समयानुकूल परिमार्जन नहुनु, विश्वस्तरीय पाठ्यक्रम बनाउने नाममा अनावश्यक अन्तर्राष्ट्रिय सन्दर्भ समेट्दा स्थानीय पक्ष छुट्नु, यस क्षेत्रको समस्या पहिल्यै पहिल्याएर त्यसअनुसार पहिल्यै जनशक्ति तयार पार्न नसक्नु कमजोरीका रूपमा रहेको उनीहरू बताउँछन् ।
गत कात्तिक पहिलो साताको बेमौसमी वर्षाले कैलाली भजनी नगरपालिका–८ का ध्वाजबहादुर विश्वकर्माले २ बिघामा लगाएको धानबाली नष्ट भयो । प्रतिबिघा करिब २५ क्विन्टलसम्म धान फलाउँदै आएका उनले यसपालि एक दाना पनि भित्र्याउन पाएनन् ।
घडीको सुई घुमेझैं गोलाकार उभिएका छन्, धौलागिरि पाँचौं, मानापाथी, फेन्चपास, मुकुट, सीता चुचोरो, धौलागिरि प्रथम र टुकुचे पिक । फेदीमा हातको अञ्जुली आकारमा छ, धौलागिरि बेस क्याम्प । यही क्याम्पदेखि करिब ५ किलोमिटर तलसम्म फैलिएको छ धौलागिरि हिमनदी (ग्लेसियर) । पृथ्वीको तापक्रम वृद्धि हुँदा केही वर्षयता हिमनदी पग्लिँदै खुम्चिरहेको छ ।
नदी संरक्षणमा सक्रिय मेघ आले अहिले कर्णाली नदी जोगाउ अभियानमा छन् । अन्य नदीछेउमा मोटर पुग्यो । क्रसर पुग्यो । जताततै नदी दोहन भइरहेको छ । कर्णालीलाई यस्तो हुनबाट जोगाउन ढिला भइसकेको आले सुनाउँछन् । त्यसो त सन् १९९१ मा उनले कर्णाली नदी देखे । अन्यत्र नदी दोहन भए पनि कर्णालीलाई जोगाउनैपर्छ भनेर अभियानमा जुटे ।
मुस्ताङको भ्रमणका लागि हामीले असोज–कात्तिकलाई छानेका थियौं । यो त्यस्तो मौसम हो, जुन बेला हिलो र धूलो खानुपर्दैन । न गर्मी न ठन्डी । हावाहुरी, झरी र पानी पनि सहनु पर्दैन । त्यसमा पनि नेपालकै सबैभन्दा कम पानी पर्ने ठाउँ मुस्ताङ जान हाम्रा लागि यो नै उत्तम मौसम थियो । आकाश छर्लङ खुल्ने हुँदा मुस्ताङ यात्रा रमणीय हुने, हिमाली शृंखला र अद्भुत भौगोलिक दृश्यपान गर्न पाउनेमा हामी ढुक्क थियौं ।
चार वर्षअघि शरद ऋतु सुरु हुनै लाग्दा स्विडेनको राजधानी स्टकहोमको अवस्था सदाकै जस्तो सामान्य थियो । घामका किरण केही मधुर हुन थालेका भने थिए । चिल्ला सडकमा सवारीसाधन आउजाउ चलेकै थियो । मानिसहरू आ–आफ्नै दैनिकीमा व्यस्त । त्यही सहरकी एक किशोरीको मन भने बेचैन थियो । त्यो बेचैनीको कारण थियो– मानिसहरूको भौतिकवादी जीवनशैलीले पृथ्वीमा पारेको प्रभाव ।
आँगन र पाखो बारीमा पग्लिइसके पनि खोल्साखोल्सीमा अझै हिउँ बाँकी छ । धौलागिरि, टुकुचे र नीलगिरि हिमालको चिसो स्याँठ मंगललाल परियारको अस्थायी टहरोले हम्मेसी छेक्दैन । घाम देखिन थालेपछि उनी टहरो बाहिर निस्कन्छन् । अलि मास्तिर भत्किएको घर हेर्दै टोलाउँछन् ।