२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
ट्वान्टी–२० विश्वकप छनोट

ट्वान्टी-२० विश्वकप छनोटमा नेपाललाई तेस्रो स्थान

फाल्गुन १२, २०७८

नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा तेस्रो स्थान हात पारेको छ । नेपालले ओमानविरूद्धको प्ले अफ खेल सजिलै ९ विकेटले आफ्नो पक्षमा पार्‍यो । ८८ रनको लक्ष्य नेपालले १६.२ ओभरमा पूरा गर्‍यो ।...

यूएईलाई पन्छाए विश्वकपमा

नेपालले आज ट्वान्टी–२० विश्वकप छनोटका लागि यूएईको सामना गर्दा नेपाली क्रिकेट झन्डै दशकयताकै महत्त्वपूर्ण खेल खेलिरहेको हुनेछ । नेपालका लागि सन् २०१३ मा हङकङविरुद्ध या २०१८ मा पपुवा न्युगिनीविरुद्धको खेल जत्तिकै महत्त्वको हुनेछ, ओमानको मस्कटमा हुने यूएईविरुद्धको यो खेल । यसमा नेपाली क्रिकेटको विश्वकप भविष्य जोडिएको छ ।

क्यानडालाई हराउँदै नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा

नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज जित हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गरेको हो । 

नेपाल ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

नेपाल आईसीसी ग्लोबल ट्वान्टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानले फिलिपिन्सले दिएको ३७ रनको लक्ष्य १७ बलमै पूरा गरे पनि नेट रनरेटमा नेपाललाई नभेट्ने निश्चित भएको छ । 

नेपाललाई क्यानडाले दियो सामान्य लक्ष्य

नेपालले क्यानडाविरूद्धको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा ८१ रनको सामान्य लक्ष्य पाएको छ । ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भयो ।

क्यानडाविरुद्ध चम्कियो नेपालको बलिङ, ६ विकेट लियो

ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले क्यानडाको ६ विकेट लिएको छ ।

टस हारेर क्यानडाविरूद्ध नेपाल फिल्डिङमा

नेपालले क्यानडाविरूद्धको ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा पहिले फिल्डिङ गर्ने भएको छ । क्यानडाले ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

नेपाल सेमिफाइनल नजिक

कुशल भुर्तेलको शतकमा नेपालले ट्वान्टी–२० विश्वकप छनोटमा लगातार दोस्रो विजय हात पारेको छ । शनिबार कमजोर फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरी नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

नेपाल र ओमानबीचको खेलका १० तस्बिर

ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो । नेपाल र ओमानबीचको खेलका केही तस्बिरहरु ।

टी-२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत

ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुआत गरेको छ । मस्टकस्थित अल अमरेतमा शुक्रबार भएको खेलमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अल आउट हुँदै ७८ रन मात्रै बनाउन सफल भयो ।

नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य

ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै केवल ११७ रन बनाउन सकेको छ । नेपालकोतर्फबाट मध्यक्रममा ब्याटिङ गर्न आएका आरिफ सेखले ३७ बलमा ३८ रन बनाएपछि ओमानविरुद्ध ११८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ

ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेपछि ओमानविरुद्ध पहिले ब्याटिङ गर्नुपर्ने भएको छ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्न लागेको हो।

पहिलो खेल नै सेमिफाइनल आधार

नेपालका लागि ट्वान्टी–२० विश्वकप छनोटमा ओमानसँगको पहिलो खेलमै जित हात पार्न सके नै सेमिफाइनल ढोका खुलेजस्तै हुनेछ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्दै छ ।