१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
ए डिभिजन लिग

मनाङलाई रोक्दै आर्मी दोस्रो स्थानमा

फाल्गुन १४, २०७८

त्रिभुवन आर्मी  क्लबले सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा दोस्रो स्थानमा टुंग्याउने निश्चित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दीलाई १–१ को बराबरीमा रोकेको हो ।...

सातदोबाटोको मन छुने जित

लिग सुरु हुनुअगाडि नै प्रशिक्षक मेघराज केसीले दाबी गरेका थिए, माथिल्लो डिभिजनमा नवप्रवेशी सातदोबाटो युवा क्लबको प्रदर्शन गर्विलो हुनेछ । नवौं चरणमा शुक्रबार सातदोबाटोले मनाङ मर्स्याङ्दीमाथि प्राप्त गरेको जित यस्तै रह्यो । मन छुने खालको जित । कीर्तिमान आठपल्टको विजेता मनाङमाथि प्राप्त सातदोबाटोको यो सफलतालाई धेरै पछाडिसम्म प्रसिद्ध जितका रूपमा सम्झिइनेछ । भाग्यले साथ दिएको भए सातदोबाटोले ५ गोल गर्नुपर्ने थियो ।

आज संकटा र थ्री स्टार भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा शनिबार दुई खेल हुनेछन् । त्यसमध्ये सबैभन्दा महत्त्वको खेल हुनेछ– संकटा र थ्री स्टारबीच । यो खेलको नतिजाले अंक तालिकाको शीर्ष चारमा रहने टिमको निर्णय हुन सक्नेछ ।

फ्रेन्ड्स अझै आत्मविश्वासी

यो ‘टप’ भर्सेस ‘बटम’ को टिम भिडन्त थियो । जित अंक तालिकाको शीर्षस्थानमै रहेको मछिन्द्रकै पक्षमा रह्यो । तर, खेल सकिँदा उल्टै फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्र आत्मविश्वासी देखिए । बरू मछिन्द्रकै प्रशिक्षक प्रवेश कटुवालले खेलमा गाह्रो भएको माने । खेलाडी छँदा प्रवेश कुनै समय थ्रीस्टारबाट खेल्थे । त्यतिबेला कुनै अवसरमा उनका प्रशिक्षक थिए, मिश्र । आठौं चरण आइपुग्दा पनि जितविहीन एक्लो टिम रहेको छ फ्रेन्ड्स ।

मनाङको दाउ

एएफसी कप खेल्ने अवसर चुकाएपछि मनाङ मर्स्याङ्दी क्लब यतिखेर सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्ने दाउमा छ । साबिक विजेता मछिन्द्रसँग अघिपछि हुँदै लिगको दोस्रो स्थानमा रहेको मनाङले शनिबार पोखरामा च्यासल युथ क्लबसँग खेल्दै छ ।

लिगमा हिमालयन शेर्पाको तेस्रो जित

कप्तान विश्वास श्रेष्ठको पेनाल्टी गोलको सहयोगमा हिमालयन शेर्पा क्लबले दशरथ रंगशालामा सोमबार सातदोबाटो युवा क्लबलाई १–० ले हराएर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

आज सातदोबाटो र हिमालयन भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा सोमबार सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ । यो प्रतियोगिताको सातौं चरणका अन्तिम खेल हुनेछ ।

मछिन्द्रमाथि पुलिसलाई हराउनु पर्ने दबाब

सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार डिफेन्डिङ च्याम्पियन मछिन्द्रले पुलिसको सामना गर्दैछ । सातौं चरणको यस खेलमा जित निकाल्न सके, मछिन्द्र फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

थ्रीस्टारको दोस्रो जित

दशरथ रंगशालामा शनिबार जावलाखेलविरुद्ध आयुश घलानले सातौं मिनेटमै गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । कप्तान विक्रम लामाको फ्रि–किकमा क्रोमा गनेफोले हेडद्वारा दिएको बललाई सन्जोक राईले पास दिए । त्यसैमा एक डिफेन्स छक्याउँदै आयुशले गोल गरेर थ्रीस्टारलाई १–० ले अघि बढाएका थिए । यससँगै थ्रीस्टारले गोलरहित यात्रालाई तीन खेलमा पूर्णविराम लगायो ।

अञ्जनको गोलमा मनाङ शीर्षमा

घरेलु मैदानमा अञ्जन विष्टले ब्रिगेड ब्वाइजविरुद्ध गरेको निर्णायक गोल मदतमा मनाङ मर्स्याङ्दी क्लबलाई पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा पुर्‍याएको छ ।

'ए' डिभिजन लिग : आज तीन खेल हुँदै

सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा शनिबार सातौं चरणका तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टारले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

सातदोबाटोलाई हराएपछि जावलाखेलको तनाव कम

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा जावलाखेलले सोमबार लगातार दोस्रो जित निकालेको छ । यसक्रमा उसमाथि रहेको रेलिगेसनको तनाव लगभग हटेको छ । सुरुका तीन खेल गुमाएर कमजोर सुरुआत लिएको जावलाखेलले पछिल्ला तीन खेलमा ७ अंक बटुलेको छ ।

संकटाको सान, आर्मीलाई धक्का

उत्तम राईको दुई गोल सहयोगमा संकटा क्बलले आइतबार ब्रिगेड ब्वाइजलाई ३–० ले हराएर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ मा उत्कृष्ट लय कायमै राखेको छ ।

आर्मी र थ्री स्टार आज भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार दुई खेल हुनेछन् । त्यसमध्ये दोस्रो खेल सबैभन्दा आकर्षक रहनेछ । त्यसमा आर्मी र थ्री स्टार भिड्ने छन् ।

‘पोल पोजिसन’ मा मछिन्द्र क्लब

फरवार्डद्वय दीपक राई र एडेलाजा सोमिडे पछिल्लो सिजन (२०७६ साल) सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएपछि मछिन्द्र क्लब छाड्दै मनाङ मर्स्याङदी फर्किएका थिए । यी दुवै पूर्व क्लबविरुद्ध शनिबार दशरथ रंगशालामा पहिलो रोजाइमै उत्रिए । निलम्बनमा परेका फरवार्ड ओलावाले आफिजको अनुपस्थितिमा दीपक, सोमिडे, अञ्जन विष्ट र विमल रानाले निर्णायक भूमिका निर्वाह गर्न सकेनन् । खेलको कथा बुन्ने काम गरे सुनील बलले ।

मनाङलाई हराएर मछिन्द्र शीर्षमा

सुनिल बलको उत्कृष्ट निर्णायक गोलको मद्दतले डिफेन्डिङ च्याम्पियन मछिन्द्रले मनाङ मर्स्याङ्दीलाई शनिबार १–० ले हराएको छ । यो जितपछि मछिन्द्र मनाङलाई उछिनेर शीर्ष स्थानमा पनि पुगेको छ । सुनिलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरे ।

एपीएफलाई महत्त्वको जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ बाट दुई टिम रेलिगेसनमा पर्नेछन् । अंकतालिकामा अन्तिम दुई स्थानका टिमले ‘ए’ डिभिजनको हैसियत गुमाउने छन् । पाँचौं चरणको अन्तिम खेलअघि पुछारका दुई स्थानमा एपीएफ र फ्रेन्ड्स क्लब थिए । त्यसैले यी दुईको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको थियो । दशरथ रंगशालामा सोमबारको उक्त खेलमा आशिष लामाको दुई गोल सहयोगमा ३–१ को जित निकाल्दै सशस्त्र प्रहरी बलको एपीएफले बाजी मारेको छ ।

फ्रेन्ड्सलाई हराएर एपीएफले छाड्यो रेलिगेसन क्षेत्र

सहिद स्मारक लिग ए डिभिजन २०७८ मा एपीएफले सोमबार पहिलो जित निकाल्दै रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ३–१ ले हरायो ।