२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२
बेमौसमी वर्षाको असर

बाढीपहिरो पीडित क्षेत्रको निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खाँण

कार्तिक १६, २०७८

कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँण बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वका जिल्लाहरुमा पुगेका छन् ।...

रानीमहल जाने सडकमा पुन: पहिरो

पर्यटकीयस्थल रानीमहल जाने सडकमा शुक्रबार पुन: पहिरो खसेको छ । पहिरो खसेपछि रानीमहल क्षेत्रमा पुगेका सय बढी पर्यटक अलपत्र परेका छन् । तानसेन–रानीमहल सडक खण्डको बैुकण्ठे भीरमा खसेको पहिरो ठूलो भएकाले पन्छाउन कठिनाई भएको छ ।

बाढीपहिरो : इलाममा मृतकको संख्या १४ पुग्यो

सोमबार साँझदेखिको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोमा परी इलाममा थप एक जनाको मृत्यु भएको छ । माङ्सेबुङ–६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको शव बिहीबार फेला परेसँगै जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बेमौसमी वर्षाले पाल्पाका ५३४ हेक्टर धानखेतीमा क्षति 

बेमौसमी वर्षाले पहाडी जिल्ला पाल्पामा ५ सय ३५ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रको प्रारम्भीक विवरण अनुसार २ सय ६९ दशमलव ७५ हेक्टर क्षेत्रफलको काटिएको धानबाली बगाएको छ ।

बेमौसमी वर्षाले प्रदेश १ मा ५० हजार हेक्टरमा लगाइएको धानबाली क्षति

बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्‍याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ ।

बाढी पहिरो : पाँचथरमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, मिक्लाजोङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु 

पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । उनकाका अनुसार मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन् । 

महाकालीमा फसेका ५ जनाको उद्धारका लागि सेनाको हेलिकप्टर खल्ला मसेट्टी पुग्यो

महाकालीको बीच भागमा फसेका ५ जनाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खल्ला मसेट्टी पुगेको छ । सोमबार रातिदेखि नदीको बीचमा फसेका उनीहरु ज्यान जोगाउन रुखमा चढेका छन् । 

कैलाली : वर्षाले जनजीवन प्रभावित, खेतमा धानको बिजोग

निरन्तरको वर्षासँगै धनगढी उपमहानगरपालिकाका जिल्लाका विभिन्न भागमा स्थानीय नदीमा आएको बाढीले कटान र डुबाएको छ । भीमदत्त राजमार्गमा आएको पहिरोका कारण यातायात अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । किसानहरुले भित्र्याउने तयारी गरेको धानबालीमा नोक्सान पुगेको छ ।

महाकालीमा नौ दशकयताकै ठूलो बाढी

महाकाली नदीमा मंगलबार नौ दशकयताकै ठूलो बाढी आएको छ । शारदा ब्यारेजको बनबासा पुल बनेयताकै सबैभन्दा ठूलो बाढी मापन गरिएको शारदा व्यारेजमा रहेका भारतीय कर्मचारीले बताएका छन् ।

पहिरोले घर पुरिँदा डोटीमा दुई बालकको मृत्यु 

पहिरोले घर पुरिँदा डोटीमा दुई जनाको मृत्यु भएको छ । सायल गाउँपालिकाको वडा नं. ६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा सोमबार राति पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिए ।

भारी वर्षाले सल्यानमा ३ घर भत्किए

लगातार तीन दिनदेखि परेको वर्षाका कारण मंगलबार बिहान जिल्लाका विभिन्न स्थानमा तीन घर भत्किएका छन् । शारदा नगरपालिकामा दुई र बन्गाड कुपिण्डे नगरपालिकामा एक घर भत्किएको हो ।

बिहीबारदेखि मौसममा सुधार आउने मौसमविद्को आकलन

बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् ।

भारतले बाँधको ढोका बन्द गर्दा कर्णालीमा बाढी

कर्णाली नदीमा निर्माण गरिएको भारतको गिरिजापुरी बाँधका सबै ढोका बन्द गरिएकोले राजापुर क्षेत्रमा बाढी पसेको गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बताएका छन् । ५५ वटामध्ये अधिकांश ढोका बन्द गरेका कारण कर्णालीको बाढी बस्तीमा पसेको उनले जानकारी दिए ।

बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो : करिब ६० जना उद्धारको पर्खाइमा

बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।

हावाहुरी र पानीले पाक्नै लागेको धानबालीमा क्षति

प्रदेश १ मा सोमबारदेखि चलेको हावाहुरी र अविरल वर्षाले पाक्नै लागेको धानबालीमा क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 

महाकालीको टापुमा फसेका ५ जनाको अझै भएन उद्धार

आइतबारदेखिको अविरल वर्षापछि महाकालीमा आएको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाकालीको बाढीले बगायो 'भाइरल रोड'

आइतबारदेखिको अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

पहिरोले घर भत्किएर डडेलधुरा र डोटीमा १–१ जनाको मृत्यु, २ घाइते

तीन दिनदेखिको अविरल वर्षाका कारण घर भत्किएर सुदूरपश्चिममा २ जनाको मृत्यु भएको  छ भने अन्य २ जना घाइते भएका छन् ।