२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

बैतडीका भगवती मन्दिरमा नवरात्रीको पूजा सम्पन्‍न

आश्विन २९, २०७८

कोरोना संक्रमण दर कम हुँदै गएपछि सुदूर नेपालका पहाडी जिल्लाका शक्तिपीठहरुमा घटस्थापनादेखि नै ठूलो घुइँचो लागेको थियो ।...

रोटे पिङ संरक्षणमा युवा पुस्ता

शहिद लखन गाउँपालिका–८ छापथोककी सुनमायाँ श्रेष्ठलाई गाउँमा पिङको आवाज ठोक्किएपछि बल्ल दसैं भित्रिएको महसुस हुन्छ । ७५ वर्षीय श्रेष्ठ सानैदेखि पिङको सौखिन छिन् । भन्छिन्,‘सानैदेखि रोटेपिङमा मच्चिने बानी परेको छ । यतिका उमेर भएपनि पिङ राखेपछि खेलुँ–खेलुँ लागिहाल्छ ।’

नवमीमा पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा श्रद्धालुको भीड 

दसैंको नवौं दिन महानवमीका अवसरमा बिहीबार बिहानैदेखि पाल्पाका शक्तिपीठहरुमा देवीको दर्शन गर्ने, जमरा चढाउने र भजनकिर्तन गर्नेको घुँईचो लागेको छ । 

मसिनो धान उत्पादनले आम्दानी दोब्बर, बर्दियाका किसानको दसैं उल्लासमय

बढैयाताल गाउँपालिका—८ का किसानको दसैं यसपाली उल्लासमय हुने भएको छ । किनभने, यसपाला उनीहरुले धानको उत्पादन र मूल्य दुबै दोब्बर पाएका छन् । परम्परागत मोटो धानको खेतीबाट खासै उत्पादन नभएपछि बजारमा माग बढी भएको मसिनो चामल उत्पादन हुने धान लगाएको पहिलो वर्षमै बढैयातालका किसानलाई फाइदा पुगेको हो ।

भद्रकालीको दर्शन गर्न श्रद्धालुको भीड

मंगलबार काठमाडौंको सहिदगेट नजिकै रहेको भद्रकालीको दर्शन गर्न श्रद्धालुहरूको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्षको फूलपाती हनुमान ढोकास्थित दसैं घरमा साढे ४ बजे भित्र्याइँदैछ ।

दसैं मनाउन घर फर्किनेको भीड

दसैं नजिकिँदै गर्दा भारतका विभिन्न सहरतिर पसेकाहरू नेपालीहरू यतिबेला घर फर्कन थालेका छन् । केही दिनयता भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट स्वदेश फर्कनेको संख्या बढ्दै गएको छ । कामको लागि भारत गएको महिनौंपछि दसैंको लागि घर फर्किएको सिमानाका झुलाघाटमा भेटिएका बैतडीको पुर्चौडी नगरपालिकाका विनोद पार्कीले बताए ।अघिपछि परिवार पाल्नका लागि घर बस्न नपाए पनि दसैं परिवारसॅंगै मनाउने योजना साथ घर आएको उनले सुनाए । महिनाभरि काम गरेको पैसाले परिवारका सदस्यलाई लुगाफाटो पनि किनेर ल्याएको उनले बताए । 

चर्चित र विवादित दसैं गीत, जुन बज्‍नासाथ रुन्छ स्रष्टाको मन

'वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो, नेपालीजनको महान पर्व आँगनमा आइपुग्यो...' 'मुगलान' फिल्मको यो गीत बज्न थालेपछि धेरैलाई दसैं आएको आभास हुन्छ । दसैंमा बज्ने धेरै गीतहरुमध्ये यो अग्रपंक्तिमै पर्छ । त्यसैले पनि दसैंमा यो गीत नसुन्ने कमै हुन्छन् । दसैंसँगै यो गीतले पनि दर्शकलाई छुट्टै उमंग दिन्छ । उत्साह थपिदिन्छ ।

हनुमान ढोकाको दसैं घरमा राखियो जमरा

हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आजदेखि सुरु भएको छ । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

विद्यालयहरूमा घट्यो दसैं बिदा

अघिल्ला वर्षहरूमा दसैं र तिहारको समयभरि विद्यालय बन्द हुन्थे । दसैं आउन केही समय अघिबाटै बन्द हुने विद्यालयहरू तिहार सकिएपछि मात्र संञ्चालनमा आउँथे । पहाडी जिल्ला बैतडीमा पनि शिक्षक र विद्यार्थीहरू एक महिनाबढि दसैंको बिदा पाउथे ।

दसैं सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । 

अपरिचितले दिए विस्थापितलाई दसैं खर्च

पहिरोका कारण विस्थापित भएपछि एक वर्षदेखि पालको भरमा बसेका धरान–२० विष्णुपादुकास्थित चिहानडाँडाका ६ घर परिवारले दसैं–तिहार खर्च पाएका छन् ।

दसैं भत्ता खोज्दै सांसद

संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् ।

दसैं तिहार लक्षित खसी बोकाको बजारमा बढ्यो चहलपहल

चाडबाड नजिकिँदै गर्दा धरानको कृषि उपज बजारमा खसीबोकाको खरिद बिक्रीको चहलपहल उत्साहजनक देखिएको छ । गतवर्ष ठप्प भएको कृषि बजारमा यसवर्ष बजार खुलेको दुई सातामा ४ करोड २५ लाख रुपैयाँ बढीको खसीबोकाको कारोबार भएको छ । दसैं तिहारलाई लक्षित गरेर खसीबोकाको कारोबार कृषि बजारमा असोजको पहिलो साताको शुक्रबारदेखि खोलिएको हो ।

हराएको बाटो

पहिलो बास—मदानपुर, नुवाकोट ।२०४७ साल पुस महिना । काठमाडौं ठण्डीले कठ्याङ्ग्रिएको थियो । स्कुल, कलेजमा मीनपचासको alदा सुरू हुँदै थियो । मैले घरतिर लाग्ने सोच बनाएँ ।