बुद्ध एयर प्रकरण

'पाइलटलाई झुक्यायो इन्डिकेटरले'

ल्यान्डिङ गियर (पांग्रा) मा समस्या देखाएर विराटनगरमा अवतरण नगरी काठमाडौं फर्किएको बुद्ध एयरको एटीआर–७२ विमानमा सोमबार चालकदल ‘झुक्किएको’ प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

पाइलटले भनिरहे– ‘मेरो जहाजको चक्का हेरिदेऊ’

काठमाडौंबाट विराटनगर उड्ने जहाजले कोसी टप्पु वन्यजन्तु आरक्ष कटेपछि विराटनगर टावरसँग अवतरण अनुमति माग्छन् । तर, सोमबार बुद्ध एयरको एटीआर जहाजले विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई धावनमार्गमा अवतरणको अनुमति मागेन । उल्टै पाइलटले एटीसीलाई अप्रत्याशित काम अह्राए, ‘हाम्रो जहाजको चक्का खुलेको छ कि छैन हेरिदेऊ ।’ विराटनगरबाट १० माइल परै रहेको जहाजले यस्तो सोधेपछि एटीसीले नाङ्गा आँखाले जहाजका पाङ्ग्रा खुले/नखेलेको हेर्ने प्रयास गरे तर देखेनन् ।

विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज २ घण्टापछि काठमाडौंमै अवतरण [तस्बिरहरू]

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको एटीआर जहाज ल्यान्डिङ गियर(पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।

बुद्ध एयरको पोखरा–सिमरा उडान सुरु 

प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखरा हवाई मार्गबाट जोडिएको छ । बुधबार पहिलोपल्ट पोखरा–सिमरा–पोखरा उडान भएको हो । 

बुद्ध एयरका दुई जहाजको आकस्मिक अवतरण

उडिरहेका बुद्ध एयरका दुई जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौं–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ ।