मंगलबार सेयर बजारको परिसूचक नेप्से ३७. १८ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक २५०८ अंकमा झरेको छ । दिउँसो १२ बजे परिसूचक २५८९ अंकसम्म पुगेको थियो । त्यसपछि ओरालो लागेको बजार अन्तिम समयसम्...
झापाका सुपरिवेक्षक उज्ज्वल प्रकाश खतिवडाले शुक्रबार बिहान गौरीगन्ज–२ तल्लो लालमाटी नेपाल र भारत सीमानामै पुगेर जनगणनाको पहिलो लगत भरेका छन् । महत्त्वपूर्ण सीमास्तम्भ ‘नेपाल १४०/१५’ छेउमै बसेर फोटो खिचाएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा बुधबार सुरु भएको घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन् । केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर देशभरि ८ हजार ५ सय सुपरिवेक्षक खटाइएका छन् ।
केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु गर्दै छ । त्यसका लागि देशभरमा ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । विभागले नयाँ तालिका सार्वजनिक गरेलगत्तै सुपरिवेक्षकलाई तालिम दिएर खटाउने तयारी गरेको हो । सूचीकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
कोरोनाका कारण स्थगित १२औं राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै बाटो खुलेको हो । कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुनेछ ।
सन् १९११ बाट नेपालमा जनगणना लिन थालिएको हो । २०२१ मा हुनगइरहेको १२ औं जनगणना हो । गत जेठ २५ देखि असार ८ सम्म १५ दिन गणना हुने कार्यक्रम थियो । कोरोनाको सेकेन्ड वेभको कारण लकडाउनले जनगणना कार्यक्रम प्रभावित भयो । अब कहिले हुने निश्चित छैन ।
निर्धारित तालिकाअनुसार १२ औं राष्ट्रिय जनगणना सम्पन्न भएको भए साउनभरि धमाधम ‘डेटा इन्ट्री’ भइरहेको हुन्थ्यो । भदौभित्र प्रारम्भिक नतिजा नै प्रकाशित हुन्थ्यो । जसमा देशभरिको कुल जनसंख्या, लैंगिक अवस्था, घरपरिवार संख्या समेटिएको हुने थियो । जसबाट मुलुकले पछिल्लो जनसांख्यिक तस्बिर पाउने थियो ।
नेकपा (माओवादी केन्द्र) का सांसद टेकबहादुर बस्नेतले राष्ट्रिय जनगणना रोक्नु नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै बस्नेतले राष्ट्रिय जनगणना स्थगित गर्न लागेको जानकारी पाएकोले यसलाई रोक्न नहुने बताएका हुन् ।
‘जनगणना कहिले हुन्छ ?’ स्थगित १२औं जनगणनामा गणकका निम्ति फाराम भरेका ओखलढुंगाका युवा नयन राईले सोमबार टेलिफोनमा सोधे, ‘गणकमा फाराम भरेको बोलाउँछ कि भन्ने आशा थियो । यदि नबोलाउने भए रोजगारीका निम्ति सहरतिरै आउने विचार छ ।’
केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को दोस्रो लहर फैलिएपछि स्थगित १२औं राष्ट्रिय जनगणना कार्य आगामी असोज १५ गतेभित्र सक्ने कार्यतालिका बनाएको छ । उक्त निर्मित कार्यतालिकालाई मन्त्रिपरिषद्ले पास गरेलगत्तै कार्य थालनी गर्ने विभागले जनाएको छ ।