१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
अफगान द्वन्द्व

शक्तिशाली साम्राज्यहरूको चिहान

अफगानिस्तानको अहिलेको अवस्था धेरै वर्षअघिदेखि क्रमश: ‘विकसित भएको हालतको निचोड’ हो । सन् २००१ मा ओसामा बिन लादेनको अल–कायदाले अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा आक्रमण गरेपछि सुरु भएको आतंकवादविरुद्धको विश्वव्यापी युद्धको पटाक्षेप यसरी होला भनी कसैले आकलनसम्म गरेका थिएनन् ।

अफगानिस्तानमा अलपत्र नेपाली : उद्धार गर्नुको साटो फोन पर्खंदै सरकार

नेपाल सरकारले अफगानिस्तानमा अलपत्र नेपालीका लागि त्यहाँ पुगेर आफैं उद्धार गर्नुपर्नेमा उल्टै उनीहरुको फोन कुरेर बसिरहेको छ । अहिलेसम्म अफगानिस्तानमा कति नेपाली अलपत्र परेका छन् र कतिको उद्धार भयो भन्नेमै अन्योल छ ।

अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैंकको रकम रोक्का

अमेरिकाले अफगानिस्तानको केन्द्रीय  बैंकको नाममा अमेरिकामा रहेको ९ अर्ब ५० करोड बराबरको सम्पत्तिलाई तालिवानको पहुँचमा पुग्न नदिने भएको छ । अमेरिकी अधिकारीका अनुसार अफगान सरकारको स्वामित्व रहेको सम्पत्ति हाललाई तालिवानलाई नदिने निर्णय भएको बताएको अरबी सञ्चार माध्यम अलजजिराले उल्लेख गरेको छ ।

तालिवानको नाम नलिई सरकारले भन्यो- सुरक्षित सीमा पार गर्न देऊ

परराष्ट्र मन्त्रालयले अफगानिस्तान छोड्न चाहने सम्पूर्ण व्यक्तिहरुलाई सुरक्षित रुपमा सीमा पार गर्न दिन आग्रह गरेको छ ।

अफगान सेनाले आफ्नो देशका लागि लड्न सकेन : अमेरिकी राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताएका छन् । 'अफगान सेनाले आफ्नो देशको लागि आफैं लड्न सक्नुपर्थ्यो तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौं,' उनले भने ।

तालिवानको पुनरागमन : दक्षिण एसिया र नेपाललाई के छन् चुनौती ?

अफगानिस्तानको विद्रोही समूह तालिवानले आइतबार काबुल छिरेर सत्ता कब्जा गरेसँगै यसले दक्षिण एसियाको भूराजनीति र सुरक्षामा पार्ने प्रभाव तथा नेपाललाई गर्ने असरबारे चासो प्रकट हुन थालेको छ । अफगान राष्ट्रपति असरफ घानी आइतबार मुलुक छाडेर भागेसँगै तालिवानले अब कसरी शासन गर्छ र उसको रणनीति के हुन्छ भन्ने जिज्ञासा पनि प्रशस्त छन् ।

सरकार गठनको तयारीमा तालिवान

अफगानिस्तानको सत्ता कब्जा गरेको विद्रोही समूह तालिवानले सरकार गठनको तयारी गरेको छ । तालिवान प्रवक्ता मोहम्मद नइमले अफगानिस्तानमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी थालिएको बताएका हुन् ।

अफगान राष्ट्रपति घानीले देश छाडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवान समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।

तालिवान काबुल छिर्न थाले

अफगानिस्तानका तालिवान लडाकुहरू आइतबार राजधानी काबुल पस्न थालेका छन् । अमेरिकाले त्यहाँस्थित दूतावासबाट कूटनीतिज्ञहरुलाई हेलिकप्टरमार्फत खाली गराएपछि तालीवानहरु काबुल पस्न थालेको अफगानिस्तानको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।

अफगान संकट र चिनियाँ सक्रियता

अमेरिकाले अफगान मिसनको अन्त्य गर्दै अगस्ट अन्तिमसम्म बाँकी सेना फर्काउने तयारी गरेसँगै तालिबान विद्रोहीहरूले अफगान सत्ताविरुद्धको कारबाहीलाई तीव्रता दिएका छन् । अफगान राष्ट्रपति असरफ घानीले संसद्मा आउँदो ६ महिनाभित्र स्थितिलाई सामान्यीकृत गरिने बताइरहे पनि अफगान नागरिक ढुक्क हुन नसकेका समाचारहरू आइरहेका छन् ।