नेताहरूको दिनभर दौडादौड

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीका लागि दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्म समय दिएकी थिइन् । बिहानसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं प्रधानमन्त्री दाबी गर्ने अग्रसरता लिएकै थिएनन् । उनलाई आफ्नो पक्षमा बहुमत पुग्छ भन्ने लागेको थिएन ।

मध्यरातमा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए  ।

प्रधानमन्त्रीका लागि देउवा र ओली दुवैको दाबी पुगेन : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएकी छिन् ।

देउवालाई प्रधानमन्त्री बनाउन एमाले सांसदले गरेका हस्ताक्षर दलको निर्णय विपरीत हो भनेर राष्ट्रपतिलाई पत्र पठाएका छौं : ज्ञवाली

नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका सांसदहरूले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि समर्थन गरेको विषय पार्टी निर्णयविपरितको भएको जानकारी गराइएको बताएका छन् । 

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सर्वोच्चमा १२ वटा रिट पेस

प्रधानमन्त्रीको अनुरोधमा राष्ट्रपतिले संविधानविपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् ।

राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् ।

वैकल्पिक सरकार बनेमा स्वागत गर्नेछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले दलहरुलाई वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने बताएका हुन् । 

राष्ट्रपति निवासमा बिहीबार राति चिया खानमात्रै गएको थिएँ : ठाकुर

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले बिहीबार राति राष्ट्रपति निवासमा चिया खान मात्रै गएको दाबी गरेका छन् ।

माओवादीले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । 

उपेन्द्र यादवसँग पनि छलफल गरेर राजनीतिक निकास दिन्छौँ : महन्थ ठाकुर

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव समूहसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् ।

लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऔँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकार बनाउनुपर्ने बताएका छन् ।

जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी(जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । जसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले शुक्रबार बिहान १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाइएको जानकारी दिए । 

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक : कांग्रेस

राष्ट्रपति र प्रधानमन्त्रीको पछिल्लो कदम संविधानविपरीत रहेको प्रमुख प्रतिपक्षी कांग्रेसले ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने आफूलाई लागेमा राजीनामा दिई सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा त्यसो नगरी उनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल कार्यान्वयन गरेकामा कांग्रेसले आपत्ति जनाएको हो । 

राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति आपत्ति

राष्ट्रपति कार्यालयले बिहीबार संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि सूचना निकाल्यो । सूचनामा संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने अवस्था नदेखिएको भन्दै उनकै नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया आरम्भ गरेको उल्लेख छ ।

सरकार बनाएर ओली र महाभियोग लगाएर राष्ट्रपतिलाई बिदाई गरौं : थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन् । 

जो-जेमा सहमति हुन्छ धारा ७६ (५) बाटै निकास दिऊँ : भट्टराई 

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दलहरूले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । 

संसद् भंग गर्ने र संविधान सिध्याउने डिजाइन भयो : गुरुङ

नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद भंग गरेर संविधान सिध्याउने डिजाइन अन्तर्गत भएको बताएका छन् । 

राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नु संसद् विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : कांग्रेस

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएको छ । 

संविधानविद् भन्छन्- 'राजीनामा नदिई नयाँ सरकार गठनको बाटो खुल्दैन, संसद् विघटन गर्न खोजेको देखियो'

प्रधानमन्त्री केपी शर्मा ओलीको 'अनुरोध'मा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि गरिएको आह्वान संविधान बमोजिम नभएको कानुन व्यवसायीले बताएका छन् । 

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् ।