लोकतन्त्र दिवस

‘नेताले संघर्षको मुआब्जा माग्‍ने होइन’

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका निम्ति सशस्त्र विद्रोहदेखि जनआन्दोलनमा सहभागी भएका तिलक परियार संविधान निर्माणमा पनि सहभागी भए । दलित मुक्तिसँगै राज्यद्वारा सीमान्तकृत पारिएका वर्ग र समुदायको पक्षमा राजनीतिक संघर्ष गर्दै आएका उनले संघीयता कार्यान्वयन गर्ने चरणमा प्रदेश २ को प्रमुखको जिम्मेवारी पनि पाए ।

यो लोकतन्त्रले परसम्म पुर्‍याउँदैन : प्राध्यापक ओम गुरुङ

२०६२/६३ सालको आन्दोलनले नेपाललाई नयाँ गति र व्यवस्था दियो । १५ वर्षपछि त्यो गतिको समीक्षा गर्ने प्रयास प्राध्यापक ओम गुरुङले गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघको पूर्वमहासचिव गुरुङ त्रिभुवन विश्वविद्यालयअन्तर्गत समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागका पूर्वप्रमुख पनि हुन् ।

आँटिलो नेतृत्वको खाँचो छ : चित्रलेखा यादव

२०६२/६३ को जनआन्दोलनको अग्रमोर्चामा थिइन् तत्कालीन उपसभामुख चित्रलेखा यादव । उनले सडकबाटै विघटित प्रतिनिधि सभाको बैठक सञ्चालन गरेकी थिइन् । सभामुखको हैसियतमा सभा सञ्चालन गर्ने तिनै नेतृ यादवसितको संक्षिप्त कुराकानी:

सहिद परिवारको गुनासै गुनासो 

रौतहटको गुजरा नगरपालिका–६ स्थित खतबैया टोलकी ७० वर्षीय सहिद पत्नी सकिला खातुनको राजनीतिक दलहरुप्रति गुनासै–गुनासा छन् । सात दसक कटेकी खातुनसँग यतिबेला गुनासो पोख्नुबाहेक विकल्प छैन ।

‘राजनीतिमा इमान भएन’

वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीय शान्ति कार्कीले राजनीति सुरु गर्दादेखिका उनका समकक्षी अहिले छैनन् । सबैले उनलाई शान्ति ‘दिदी’ भनेर सम्बोधन गर्छन् ।

‘छोराको बलिदानी नगुमोस्’

उनको विवाह भएको वर्षदिन पुग्दैथियो । भोलिपल्ट दुलहीलाई साथ लगाएर ससुराली जाने तर्खरमा थिए होरीलाल । तर अघिल्लै दिन बिहान उनी सेनाको गोली लागेर ढले । माघ २६ गते बिहानै  शौच गर्न आफ्नै खेतमा गएका थिए उनी ।

सम्झनामा २०६२/६३ जनआन्दोलन- यहाँ मजाक छ : शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापा २०६२र/६३ को जनआन्दोलनमा नेपाल बार एसोसिएसनको तर्फबाट अग्र मोर्चामा रहेर आन्दोलनमा होमिए । समाजको राजनीतिक चरित्र परिवर्तन गर्ने र चरित्रभित्र समाजलाई नै रुपान्तरण गर्ने अठोट र विश्वासका साथ उनी आन्दोलनमा उत्रिएका थिए ।

मूल बाटो बिराएका छैनौँ : गगन थापा

२०६२/६३ को जनआन्दोलनको मूल लक्ष्य राजतन्त्र हटाएर लोकतन्त्र स्थापना गर्नु मात्र थिएन, राजनीतिक संस्कार, चिन्तन, कार्यशैली र समग्र सामाजिक रुपान्तरण गर्नु पनि थियो ।

‘लोकतन्त्र अझै फस्टाएन’

आज वैशाख ११ । मुलुकमा लोकतन्त्र बहाली भएको दिन । हरेक वर्ष यस दिनलाई अधिकारकर्मी, सर्वसाधारण र राजनीतिकर्मीले नागरिक अधिकार स्थापित भएको दिनका रूपमा स्मरण गर्छन् ।

‘रामराज्य मिथ्या कल्पना हो’

२०६२/६३ को जनआन्दोलनको मूल लक्ष्य राजतन्त्र हटाएर लोकतन्त्र स्थापना गर्नु मात्र थिएन, राजनीतिक संस्कार, चिन्तन, कार्यशैली र समग्र सामाजिक रुपान्तरण गर्नु पनि थियो । लोकतन्त्र स्थापना भएको १५ वर्ष पुगिसक्दा पनि नागरिकका अपेक्षाअनुसार राजनीतिले लय समातेको छैन । सामाजिक विभेदका रेखा मेटिएका छैनन् ।

लय बिराउँदै दलहरू

२०६२/६३ को जनआन्दोलन सफल हुनुको महत्त्वपूर्ण आधार थियो– विगतमा गरेका गल्ती/कमजोरी नदोहोर्‍याउने तत्कालीन सात राजनीतिक दलको सार्वजनिक प्रतिबद्धता । जनताको साथ नपाइरहेका राजनीतिक दलहरूले २०६२ मंसिर ७ गते तत्कालीन विद्रोही माओवादीसँग भएको १२ बुँदे सहमतिको बुँदा नम्बर ७ मा लेखेका थिए– ‘सात राजनीतिक दलहरूले विगतमा संसद् र सरकारमा छँदा भएका गल्ती/कमजोरीप्रति आत्मसमीक्षा गर्दै अब त्यस्ता गल्ती/कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।’