मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव

गण्डकीका मुख्यमन्त्री बिलखबन्दमा

तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेपछि बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको उखान सापटी लिँदै भने, ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँबो चिथोर्छ ।’ अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै संसद् अधिवेशन अन्त्य गराएर अहिले उनी ‘माथि’ का नेतासँग छलफल चलाउन काठमाडौं छन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई तीन दलको पत्र

कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष समावेदन बुझाएका छन् ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बोलाउन तीन दलले माग गर्ने

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गण्डकी प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गर्ने भएका छन् । बिहीबार दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले प्रदेश अधिवेशन बोलाउन माग गर्न लागेका हुन् । 

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी  प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस दर्ता छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका प्रदेश सांसदले बिहीबार संसद् सचिवालयमा १ बजेर ३५ मिनेटमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन । प्रस्तावमा २८ सांसदको हस्ताक्षर छ ।