‘नेताहरूमा नैतिक जवाफदेहिता हराएको छ’

०७७ साललाई मैले हराएको वर्षको रूपमा लिएको छु । एकातिर कोरोनाको कहरले स्थापित मान्यता भत्किएका छन् । आधारभूत सामाजिक सम्बन्धमा बदलाव आएको छ । परापूर्वकालदेखिको सभ्यता बदलिएको छ ।

‘अंकगणितले मात्रै स्थिरता दिँदैन’

वर्षभरमा घटनाक्रम मात्रै भए । कुनै संरचनागत परिवर्तन भएनन् । नयाँ कुरा केही भएनन् । समाज र राजनीतिमा कुनै नयाँ एक्टर पनि देखिएनन् । साहित्यमा केही युवा उदाएको देखिन्छ तर राजनीतिमा कोही उदाएनन् । 

२०७७ फर्केर हेर्दा : तंग्रिँदै पर्यटन

लकडाउनअघि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सय हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुन्थे । तर २०७६ चैतयता १३ महिना बितिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन ।

२०७७ फर्केर हेर्दा : सीमा सुरक्षामा ‘राष्ट्रिय सहमति’

कोरोना महामारी र राजनीतिक खिचातानीका बीच सीमा सुरक्षा र त्यसको व्यवस्थापनमा यो वर्ष सकारात्मक र केही उपलब्धिपूर्ण देखिएको छ । नेपाली भूमिमाथि भारतीय अतिक्रमणविरुद्ध यसअघि राजनीतिक दलमा देखिँदै आएको मौनता यो वर्ष तोडियो । अतिक्रमणविरुद्ध सत्तारूढ र प्रतिपक्षी सबै दल एक ठाउँमा उभिए ।

२०७७ फर्केर हेर्दा : भर्चुअल डिप्लोमेसी

राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत ९ र १० गते बंगलादेशको दुईदिने राजकीय भ्रमण गरिन् । त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ र २ गते नेपाल–भारत छैटौं परराष्ट्र मन्त्रीस्तरीय वार्तामा सहभागी हुन नयाँ दिल्ली पुगे । 

२०७७ फर्केर हेर्दा : लयविहीन शिक्षा

नयाँ वर्ष २०७८ को सुरुवाती दिनमा पनि शिक्षालयहरू लयमा फर्कने संकेत देखिएको छैन । कोरोना कहरको दोस्रो लहरले पुनः शिक्षण संस्था बन्द हुने हुन् कि भन्ने संशय बढाएको छ ।

२०७७ फर्केर हेर्दा : व्यक्तित्वमै विचलन

‘भनिन्छ, अनिकालमा घरभित्रका भाँडा बज्न थाल्छन् तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएका बेला गर्नेले गरेन कि भन्ने आशंका मनमा पैदा हुन सक्छ, गरेको पुगेन कि भन्ने लाग्छ,’ २०७७ वैशाख १ गते नयाँ वर्षको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । अन्योल र भ्रममा पर्ने वा विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ ।’

फेरि बढ्यो जोखिम

गत वैशाख १ गते लकडाउनका कारण घरमै नयाँ वर्ष मनाइरहँदा २ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । दुई जना थपिँदा पनि ‘अब मरिने भइयो’ भन्दै सर्वसाधारण लामो सास फेर्थे । त्यो दिनसम्म संक्रमितको कुल संख्या १४ मात्र पुगेको थियो ।

वर्षैभरि अस्थिरता र उथलपुथल

ठीक एक वर्षअघि कोरोना कहरले मुलुक ठप्प थियो । मानव जीवनमाथि नै संकट उत्पन्न भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते विवादास्पद दुई अध्यादेश ल्याएर राजनीतिको तलाउमा ढुंगा हानेका थिए ।