सरकारपक्षीय कानुन व्यवसायीले भने- संसद् विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासबाट अन्यत्र लाने व्यवस्था छैन

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भनेर सर्वोच्चमा बहसका लागि उपस्थित सरकारपक्षीय कानुन व्यवसायीहरूले संसद विघटनविरुद्ध परेका मुद्दाहरू संवैधानिक इजलासबाट अन्यत्र लाने संवैधानिक र कानुनी व्यवस्था नभएको बताएका छन् । 

माधव नेतृत्वको कार्यदलले प्रतिवेदन बुझायो, आन्दोलन अझै प्रभावकारी बनाइने

नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार बस्ने गरी सकिएको छ ।

ओली पक्षले नगरसभा बहिष्कार गर्यो

सत्तारुढ नेकपा फुटको असर स्थानीय तहमा पनि देखिन थालेको छ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका जनप्रतिनिधिले मण्डनदेउपुर नगरपालिकाको आठौं सभा बहिष्कार गरेको छ ।

कालो मास्क लगाएर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्थायित्व र बहुमत पचेन : प्रा. खनाल [अन्तर्वार्ता]

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ गतेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही घण्टामै स्वीकृति दिइन् र झन्डै दुई तिहाई बहुमत रहेको नेकपाको नेतृत्वमा संसद् विघटन भयो । 

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएकै छैन [पूर्ण पाठसहित]

केपी शर्मा ओली नेतृत्वको नेकपाले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो ।

केपी ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद् विघटन गर्नु भयो : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाएका छन् ।

केपी ओली कमरेड हैन, प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य

पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी भएको बताएकी छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानका धारा पढेर प्रदर्शन

प्रतिनिधिसभा विघटनको विरोध गर्दै मंगलबार युवाहरुले काठमाडाै‌ंको माइतीघर मण्डलामा 'म्याग्निफाइङ ग्लास' लिएर नेपालको संविधानका धाराहरु पढेर प्रदर्शन गरेका छन् ।

'प्रधानमन्त्री पद पाउन ओलीले जबज छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरेका थिए'

प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले 'राजनीतिक बेइमानी' गरेको दाहालको भनाइ थियो ।

पदीय झगडाको कालो बादल वैशाखको चुनावपछि हट्नेछ : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदीय झगडाका कारण केन्द्रमा नेतृत्वका झगडाका कारण देखिएको कालो बादल बैशाखमा हुने निर्वाचनका माध्यमबाट फाट्ने बताएका छन् । निर्वाचनपछि मुलुक सुशासनतर्फ सफल हुने विश्वास उनले गरेका छन् ।

मुख्यमन्त्री राई भन्छन्: प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको छ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका कारण चालू आर्थिक वर्षको प्रदेशको बजेट दुर्घटनातर्फ अघि बढेको आरोप लगाएका छन् । नेकपा दाहाल–नेपाल समूहका आङ्बोले मुख्यमन्त्री राईले लगाएका आफूविरुद्धको आरोप आधारहीन भएको दाबी गरेका छन् ।

नेपाल एक-अर्को  छिमेकीविरुद्ध कार्ड खेल्ने पक्षमा छैन : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुक भूगोल र जनसंख्याका हिसाबले सानो–ठूलो नहुने बताएका छन् । भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा उनले एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले सम्बन्ध हुनुपर्ने जिकिर गरेका छन् । ‘यो पुरानो जमाना होइन, यो स्वाधीनता र पारस्परिक सम्मानको समय हो,’ उनले भने ।

ओली सरकार रहेसम्म लोकतन्त्रमाथि खतरा : यादव

जनता समाजवादी पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलाउन र आफ्नो पार्टी व्यवस्थित गर्न असक्षम सावित भएको बताएका छन् ।

संविधान निर्माणमै खोट छ : नेता महतो

जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान निर्माणमै खोट भएकोले मुलुकमा संवैधानिक अड्चन खडा भएको बताएका छन् ।

दाहाल–नेपालले पदको लोभ गर्दा आजको अवस्था आयो : ऊर्जामन्त्री रायामाझी

नेकपाका ओली पक्ष स्थायी कमिटी सदस्यहरुले पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा पदको लोभ भएको दाबी गरेका छन् । ओली पक्षले सोमबार दमौलीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले पार्टीभित्रकै शीर्ष नेताहरुबीच पदको लोभले गर्दा मुलुक आजको अवस्थामा पुगेको दाबी गरेका हुन् ।

दाहाल–नेपाल समूहद्वारा मुख्यमन्त्री राईलाई निलम्बन

नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई लगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ । प्रदेशसभाको कुनैपनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको हो ।

ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : नेता नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताएका छन् ।

सर्वोच्चले संसद् विघटन सदर गरे संविधान बदर गरिदिनुस् भनी प्रार्थना गर्नुपर्छ : पूर्वसभामुख ढुंगाना

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामू संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन् ।

दाहाल-नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । उनले दाहाल-नेपालको पद लोलुपताका कारण पार्टी गम्भीर मोडमा पुगेको बताए ।

केपी बा !

नेकपा फुट्ला फुट्लाजस्तो थियो, स्थायी कमिटी बैठकमा घमासान बहस भयो, प्रधानमन्त्री केपी शर्मा ओली चेपुवामा पर्दै गए । त्यही बेला फ्याट्टै दर्ता भयो नेकपा एमाले । त्यतिखेर बैठकमा उपाध्यक्ष वामदेव गौतमले भनेका थिए, ‘प्रधानमन्त्रीलाई बा भन्नेहरूले एमाले दर्ता गराए ।’

नागरिक समाज, बुद्धिजीवी, सञ्‍चारमाध्यम र पूर्वप्रधानन्यायाधीशहरूमाथि ओलीको रोष

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको विरुद्ध अभिव्यक्ति दिने बुद्धिजिवी, पूर्वप्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू, कानुन व्यवसायीहरू, विभिन्न राजनीतिक दलका नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् । साथै, आफूले भनेका कुरालाई प्रसारण नगरेको तथा आफ्नो सभामा आएकाको तस्बिर नछापेको भन्दै सञ्चारमाध्यमहरूप्रति पनि ओलीले रोष प्रकट गरेका छन् । 

संसद् विघटन राजनीतिक निर्णय हो, अदालतले मुद्दा खारेज गरिदिनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले बर्खास्त (खारेज) गर्नुपर्ने बताए । उनले कार्यकारी प्रधानमन्त्रीले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु कानुनी र संवैधानिकभन्दा राजनीतिक विषय भएको दाबी गरे ।