प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्...
संघीय संसदको प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिविरुद्ध परेका दर्जनभन्दा बढी रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि नियमित सुनुवाइ तय थियो ।
नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको असंवैधानिक काम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अयोग्यता पोखेको बताएका छन् । झन्डै तीन वर्ष दुई तिहाइको सरकार चलाएर असफल भएका ओलीले संसद र संविधानमाथि आफ्नो अयोग्यता पोखेको बताएका हुन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा परेका मुद्दाको जवाफ दिएका छन् । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएको बताएका छन् ।
राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभा विघटनको कारण र निर्णय तथा संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धि कागजात तथा राजनीतिक दलका सांसदहरूको विवरण सर्वोच्च अदालतमा पेश गर्दैछन् ।
नेकपा नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रमुख प्रतिपक्षी कांग्रेस खुसी भएको बताएका छन् । नेकपा (ओली पक्ष)को काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा नेता श्रेष्ठले प्रतिपक्षी कांग्रेसले निर्वाचनको तयारी थालेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको बताएका छन् । उनले सभामुख र सांसदहरू अनुशासनहीन भएको तथा सर्वसम्मत आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटनको कदम चाल्नुपरेको बताए ।
नेकपा (पुष्पकमल दाहाल-माधवकुमार नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्ना समूहका कार्यकर्तालाई अर्को समूह जस्तो गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।
विभाजित नेकपाका दुई पक्षले प्रतिनिधिसभा विघटन र पार्टी फुटप्रति आ–आफ्नै तरिकाले तर्क गर्दै आफू सही भएको दाबी गरेका छन् । पछिल्लो राजनीतिक घटना विकास हुनुमा एकले अर्कालाई संगीन आरोपसमेत लगाएका छन् ।
नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका छन् । उनले भारतीय प्रतिनिधिसँगको वार्तामा चुच्चे नक्सा टेबलमुनि राखेर ओलीले नक्कली राष्ट्रवाद देखाएको बताएका हुन् ।
नेकपा (दाहाल-नेपाल पक्ष)की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी शासक बनेको बताएकी छन् । पार्टीले आयोजना गरेको संसद् विघटनको विरोधमा आयोजित सभामा बोल्दै शाक्यले प्रधानमन्त्री ओलीले जनताले गरेको आन्दोलन र संविधानको अपेक्षा पूरा गर्न नसकेको बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि काम चलाउ भएको र उनले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटन गर्ने सरकारको कदमबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले पुनःस्थापनाको पक्ष वा विपक्षमा नबोल्ने बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले असंवैधानिक रूपमा सरकारले अगाडि सारेको प्रतिनिधिसभा विघटनको प्रस्ताव स्वीकृत गरेर राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको पालना र संरक्षण गराउने भूमिका पूरा गर्नबाट चुकेको बताएका छन् ।