दसैं

जसपाले फिर्ता गरेन सांसदहरूको दसैं भत्ता 

कोरोना भाइरस (कोभिड-१९)को कहरले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकोले कोरोना संक्रमितको उपचार खर्च धान्न नसक्ने भन्दै सरकारले जिम्मेवारीबाट हात झिक्यो । तर, कोरोनाको कहरले अर्थतन्त्रसँगै नागरिकको जीवनमा प्रत्यक्ष असर गरिरहेका बेला सांसद र उनीहरूका निजी सचिवलाई भने दसैं भत्ता वितरण गरियो । सांसदहरूले दसैं भत्ता लिएपछि  चौतर्फी विरोध भयो र पार्टीहरूले एकमुष्ट रूपमा उक्त भत्ता फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका थिए । 

छात्रावासमै मुक्त कम्लरीको दसैं

चाडपर्व आउँदा उनलाई सधैं नियास्रो लाग्छ । दसैं र तिहार आउँदा त झनै उराठ महसुस गर्छिन् । ३ वर्ष कम्लरी बसेकी १८ वर्षीया सविता राना मुक्त भएपछि छात्रावासमा बसेर अध्ययन गरिरहेकी छन् । त्यसयता छात्रावासमै साथीहरूसँग चाडपर्व मनाउने गरेको उनी बताउँछिन् । रानाले भनिन्, ‘दसैंमा आफन्तकै याद धेरै आउँछ ।’

आइसोलेसनको न्यास्रो दसैं

कोरोना महामारीकै बीच उनी पारिवारिक जमघट गरेर दसैं मनाउने तयारीमा थिइन् । कात्तिक ४ मा कोरोना संक्रमण भएपछि उनको दसैं आइसोलेसनमा बित्यो । ‘यसपालि त हामीलाई दसैं आएजस्तो पनि भएन,’ बाँफीकोट गाउँपालिकाकी कार्यपालिका सदस्य सीता खड्काले भनिन्, ‘वर्षमा एक पटक आउने चाडमा एक्लै हुँदा न्यास्रो नहुने कुरा पनि भएन ।’

अस्ट्रेलियामा पहिचान दिलाउँदै दसैं

भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेका राज्य प्रमुख तथा प्रिमियर ड्यानियल एन्ड्रुजले यस वर्ष वडादसैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिए । दसैंंलाई यहाँ बस्ने सबै नेपालीको महत्त्वपूर्ण दिन र पर्वका रुपमा व्याख्या गर्दै उनले कोरोना भाइरसका कारण अप्ठ्यारो अवस्था भएपनि दसैंलाई अलग तरिकाले मनाउन आग्रह गर्दै शुभकामना सन्देश दिए ।

महँगो भयो हुम्लीको दसैं

सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो ।

आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् ।

तस्बिरमा हेर्नुहोस् कलाकारको दसैं

कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् । अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ । कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । फेसबुकमा उनले लेखेका छन्,'आशीर्वाद २०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।'

सामाजिक दूरी कायम गरी दसैं मनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् ।