चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीले २८औं दिनमा अनशन तोडेका छन् । शनिबार राति सरकारसँग भएको ८ बुँदे सहमतिपछि आइतबार बिहान डा. केसीले १९औं अनशन तोडेका हुन् ।...
अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच शुक्रबार मध्यराति भएको वार्ता पनि बिनानिष्कर्ष टुंगिएको छ । २६ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य बिग्रिँदै गएका बेला वार्तामा छलछाम गरेर सरकारले सत्याग्रहीमाथि अमानवीय व्यवहार देखाएको डा. केसीतर्फका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले बताएका छन् । ‘बिहीबार भएको सम्झौताबाट पनि सरकार पछि हट्यो,’ उनले भने ।
सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार वार्ता भए पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीसम्बन्धी विषयका कारण निष्कर्षमा पुग्न सकेन ।
सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको केहीबेर स्थगित भएको वार्ता पुन: सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहान साढे १० बजेदेखि जारी वार्ता दिउँसो ४ बजे फेरि बस्नेगरी स्थागित भएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले केहीबेर स्थगित वार्ता पुन: सुरु हुने लागेको जानकारी दिए ।
सरकारी वार्ता टोली र चिकित्सा क्षेत्रको सुधारको माग राखी अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच केही बेर अघिदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता सुरु भएको छ ।
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् । २४ दिनदेखि अनशनरत उनले बुधबार राति कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए ।
नेपाल चिकित्सक संघले शुक्रबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसले अनशनरत चिकित्सक डा. गोविन्द केसीसँग छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता टोलीसम्म गठन नगरेर बालहठ देखाएको बताएको छ ।
२३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मागमा सडक, स्वास्थ्य संस्था, सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि एक्लै सत्याग्रहमा उत्रिएका उनको जीवन सरकारको हठका कारण जोखिममा पर्दै गएको भन्दै सर्वत्र आक्रोश पनि बढेको छ ।
त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रेजिडेन्ट चिकित्सकहरुले मंगलबार बिहानदेखि बहिरंग(ओपीडी) सेवा बहिष्कार गरेका छन् ।
चिकित्सा शिक्षा र सेवा सुधारका लागि अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई दिनभित्र टोली नबनाए देशभर आकस्मिक र कोभिडबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनी चिकित्सकले दिएका छन् ।
चिकित्सा क्षेत्रको सुधारका विभिन्न माग राखी २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारले उदासीनता देखाएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ ।
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ । चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन् ।
स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । केसीको साथमा रहेका सहयोगीका अनुसार करिब एक घण्टाअघिदेखि उनलाई छातीमा निकै पीडा महसुस हुन थालेको छ ।
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।