राष्ट्रकवि

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि [तस्बिरहरु]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

मर्स्याङ्दी नफर्की अस्ताए राष्ट्रकवि

‘आजै र राति, के देखें सपना’ बोलको गीतमा एउटा लाइन छ, ‘मर्स्याङ्दी नदी नरमाइलो, सुसाई रहेको ......।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरे । त्यही मर्स्याङ्दी नदीको पानी खाएर हुर्किएका थिए राष्ट्रकवि घिमिरे ।

सम्झनामा राष्ट्रकवि [तस्बिरहरु]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजे ५५ मिनेटमा निधन भएको छ । उनी पछिल्लो समय अस्वस्थ्य थिए । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । कान्तिपुरको फोटो अर्काइभमा रहेका घिमिरेका तस्बिरहरु :

‘म अघोरी कवि हुँ’

उमेरले १०० वर्ष पुग्दै गर्दा २०७५ साल असोजको पहिलो साता कवि माधवप्रसाद घिमिरे लैनचौरस्थित आफ्नै निवासमा आफू वरपर कुनै भीड र कोलाहल नराखी बसिरहेका भेटिए ।

माधवप्रसाद घिमिरे : राष्ट्रको गहना

स्रष्टा भइसकेपछि उसका एकेक कृति व्यक्तित्वमै जोडिंदै जान्छ । समाजले एउटा स्रष्टालाई यसैगरी मान्यता दिइरहेको हुन्छ । किनभने जबसम्म कुनै स्रष्टालाई समाजले मान्यता दिंदैन, कुनै संस्थाले मान्यता दिंदैमा वा कुनै समूहले मान्यता दिंदैमा र कुनै सरोकारले मान्यता दिंदैमा त्यो व्यक्तिले सामाजिक मान्यता पाउँदैन ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।