नागरिकता संशोधन विधेयक

नागरिकता विधेयक फिर्ता लिन कांग्रेसको माग

नेपालीसँग बिहे गरेर आएका विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता दिनेसम्बन्धी प्रावधान संवैधानिक व्यवस्थाविपरीत रहेको भन्दै कांग्रेसले नागरिकता विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उक्त प्रावधानले सामाजिक र पारिवारिक जटिलता समेत सिर्जना गर्ने सम्भावना रहेको ठहर गर्दै विधेयक फिर्ताको माग अघि सार्ने निर्णय गरेको हो ।

नागरिकता संशोधनविरुद्ध प्रदेश २ को सार्वजनिक महत्त्वको प्रस्ताव

वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा गर्न लागिएको कानुनी व्यवस्थाको विरुद्धमा प्रदेश २ को प्रदेशसभाको बैठकले ‘जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव’ स्वीकृत गरेको छ । शनिबार बसेको बैठकमा बहुमतले स्वीकृत गरिएको यो प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेकपाले मत दिएको छ ।

'समानतालाई मन्त्र बनाऔं, वैवाहिक अंगीकृत नागरिकताको समयावधि आफैं मिल्छ'

कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले नागरिकताजस्तो संवेदनशील विषयमा आवेग र उत्तेजनामा नआई संयम र विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोजिनुपर्ने बताएका छन् ।

सत्तारूढ सांसदको प्रश्न, 'नेपालले जब स्वतन्त्र निर्णय गर्छ, किन भारतबाट टाढा गर्न खोजिएको भनिन्छ ?'

सत्तारुढ नेकपाका सांसद वेदुराम भुसालले नेपालले स्वतन्त्र निर्णय गर्न खोज्दा किन भारतबाट टाढ गर्न खोजिएको भनेर प्रश्न गरिने गरेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा भुसालले नागरिकता विधेयकका विषयमा प्रतिपक्षी दलका सांसदले उठाएको प्रश्नको जवाफ दिने शैलीमा बोल्दै राजनीतिक अभिष्टका निम्ति परराष्ट्र सम्बन्धलाई नजोड्न आग्रह गरेका थिए ।

नागरिकता विधेयक : स्थायी अनुमतिपत्र लिएकाले नेपालको हितविपरीत गतिविधि गरे कारबाही हुने

संघीय संसद प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको व्यवस्थालाई प्रतिनिधिसभा र राष्ट्रिय सभाले पनि पारित गरेर कानुनी स्वरुप दिएमा त्यसरी स्थायी आवासीय अनुमतिपत्र प्राप्त गर्ने महिलाले नेपाली हित विपरीतका गतिविधि गरेमा कारबाही भोग्नुपर्नेछ । 

नागरिकता ऐन संशोधनविरुद्ध प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन

विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको नागरिकता ऐन संशोधन प्रस्तावविरुद्ध प्रदेश २ का विभिन्‍न जिल्लाहरुमा आइतबार प्रदर्शन गरिएको छ । प्रदेश २ को जनकपुर, राजविराज, गौर, जलेश्वर र मलगंवामा प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रदर्शन गरेका हुन् ।

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने पार्टी निर्णयमा मातृका यादवको असहमति

नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री मातृका यादवले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पार्टी सचिवालयको निर्णयप्रति असहमति जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै यादवले शनिबार बसेको पार्टी सचिवालयको निर्णयप्रति आफ्नो पूर्ण असहमति रहेको बताएका हुन् ।

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने व्यवस्था संसदीय समितिबाट पारित 

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ ।

अंगीकृत नागरिकता राष्ट्रको सुरक्षासँग जोडिएको छ : गृहमन्त्री

गृहमन्त्री रामबादुर थापाले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको प्रगति र सुरक्षासँग जोडिएको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले अंगीकृत नागरिकता व्यक्तिको अधिकारभन्दा पनि राष्ट्रको सुरक्षा र प्रगति एवं अस्तित्वसँग जोडिएको बताएका हुन् ।

नागरिकता ऐन संशोधन प्रस्तावमा नेता महतो भन्छन्, 'संविधानको मर्मविपरीत छ'

राष्ट्रिय जनता पार्टी (राजपा) सांसद राजेन्द्र महतोले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको नागरिकता ऐन संशोधन प्रस्ताव संविधानको मर्मविपरीत रहेको बताएका छन् । 

संविधानविपरीत भन्दै नागरिकता कानुन संशोधनमा कांग्रेसको फरक मत

प्रमुख प्रतिपक्षी कांग्रेसले संसदमा छलफलमा रहेको नागरिकता ऐनमा नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाले अंगीकृत नागरिकता पाउन लगातार ७ वर्ष नेपालमा बस्नुपर्ने भनी पेस गरिएको संशोधन प्रस्तावले संविधान नै संशोधन गर्न खोजेको भन्दै फरक मत राखेको छ ।

अंगीकृत नागरिकता नपाइन्जेल विदेशी महिलालाई आवासीय अनुमतिपत्रको प्रस्ताव

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा सात वर्ष लगातार बसेपछिमात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले त्यस्ता महिलाका लागि आवासीय अनुमतिपत्रको प्रस्ताव अघि सारेको छ । 

नागरिकता विधेयक : सातवर्षे सर्त विपक्षीले नमान्‍ने

सत्तारूढ नेकपाको सचिवालयले गरेको निर्णयअनुसार नै नागरिकता विधेयक संसद्बाट पारित हुने स्थिति आए भारतसँग परापूर्वकालदेखि चल्दै आएको ‘रोटीबेटी’ को सम्बन्धमा दरार आउने भन्दै विपक्षी कांग्रेस, राजपा र समाजवादी पार्टीले त्यसको स्वामित्व नलिने निर्णय गरेका छन् ।

नागरिकता विधेयक : समस्या एकातिर, अलमल अन्तै

महोत्तरी मटियानीका अर्जुन साह २०६१ सालमा नागरिकताको प्रमाणपत्र बनाउने सिफारिस लिन पहिलो पटक वडा कार्यालयमा पुगेका थिए । त्यसयताको १६ वर्ष नागरिकता दिलाइपाऊँ भन्दै राज्यसँग हारगुहार गर्दैमा बित्यो तर उनले प्रमाणपत्र पाएनन् ।

नागरिकता विधेयकमा नेकपाले लिएको निर्णयप्रति जसपा अध्यक्ष यादवको आपत्ति

नागरिकता विधेयकमा सत्तारुढ नेकपाले लिएको निर्णयलाई लिएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गम्भीर आपत्ति जनाएका छन् ।  यादवले शनिबार राति सामाजिक सञ्‍जालमार्फत नेकपाको कदमले झन् बढी लैङ्गिक हिंसा, विभेद, अन्याय र असमानता बढाउने बताएका छन् ।

नागरिकता विधेयकबारे राज्य व्यवस्था समितिले अब के गर्छ ? 

संसद्को ठूलो दल नेकपाले लामो समयदेखि विवादित 'नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक'को प्रमुख विवादित विषय वैवाहिक अंगीकृत नागरिकताबारे निर्णय लिएको छ । नेकपाको निर्णयसँगै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विधेयकलाई प्रतिवेदनसहित संसदमा पठाउने भएको छ । नागरिकता विधेयक २०७५ साउनदेखि संसदीय समितिमा अड्किएको थियो ।

नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णय

विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्ने नेकपा सचिवालले निर्णय गरेको छ । नेकपाको सचिवालय बैठकले शनिबार उक्त निर्णय गरेको छ । 

नागरिकता विधेयकमाथि नेकपाको सचिवालयमा छलफल हुने 

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि पार्टीको औपचारिक निर्णयका लागि नेकपाले शनिबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको छ । नागरिकता विधेयकमाथि नेकपाभित्र छलफल र राय सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो । 

नागरिकता विधेयक झन् अलमलमा

अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत मंगलबार बल्ल बस्यो । तर मत मिलेको छैन ।

नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्षमा नागरिकता दिनुपर्ने प्रस्ताव

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सचिवालयले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्षपछि नेपालको अंगीकृत नागरिकता दिने प्रस्ताव अगाडि सारेको छ । नेपाली महिलासँग विवाह गरेर १५ वर्ष नेपालमा बसेको व्यक्तिले चाहेमा नेपाली नागरिकता पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको हो । उक्त प्रस्तावले सत्तारुढ नेकपाभित्रै विवाद सिर्जना गरेको छ । 

नागरिकता विधेयकमा राजनीतिक सहमति जुटाउन गृहमन्त्रीले मागे समय

झन्डै दुई वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयकमा सहमति जुटाउनका लागि गृहमन्त्री रामबहादुर थापाले समय मागेका छन् ।