बजार

कोष–चन्द्रागिरि सहकार्य

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्कासनसम्बन्धी सम्झौता भएको छ । कोष र हिल्सबीच आइतबार स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन र प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो ।

एनआरएनएलाई आईएलओको ५ करोड १० लाख

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

रेडक्रस–कोकाकोलाबीच सहकार्य

नेपाल रेडक्रस सोसाइटी (नेरेसा) र कोकाकोला नेपालले कोभिड–१९ संक्रमणका समयमा बिरामीहरूको सहयोगमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिसम्बन्धी सम्झौता गरेका छन् ।

खल्तीको ‘दुई गुणा’ अफर

खल्ती डिजिटल वालेटले मोबाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकका लागि ‘खल्तीको दुई गुणा अफर’ ल्याएको छ ।

सामसङले घटायो स्मार्टफोनको मूल्य

सामसङले आफ्ना चार स्मार्टफोनका मोडलको मूल्य घटाएको छ । कम्पनीले सामसङ ग्यालेक्सी ‘नोट १० लाइट’, ‘ए ७१’, ‘ए ५१’ र ‘ट्याब ए १०.१’ को मूल्य कम गराएको हो ।

एनआरएनएको २५ सय पीसीआर किट सहयोग

गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि कोरोना परीक्षण गर्ने २५ सय पीसीआर टेस्ट किट र २५ सय आरएनए एक्ट्रयाक्सन किट सहयोग गरेको छ ।

ड्रिम बेबी अब नेपालमा पनि

ड्रिम बेबीको एक मात्र आधिकारिक वितरक आईएमएस ग्रुपअन्तर्गत आईएमएस लिटिल स्माइल कम्पनीले यसको बिक्रीवितरण गर्ने भएको छ ।

बीओकेका अध्यक्ष र सञ्चालक नियुक्त

बैंक अफ काठमान्डू (बीओके) को सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेडले सञ्चालक समिति अध्यक्ष र सञ्चालक नियुक्त गरेको छ ।