‘एकताबद्ध भएर फुटबल विकासमा लाग्नुस्’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई एकताबद्ध भएर फुटबल विकासमा लाग्न सुझाएका छन् ।

‘हामीले नचिनेको फुटबल’

फुटबल भनेपछि हुरूक्क हुनेका लागि जर्मनीले शनिबार खुसी उपहार दिएको छ भन्दा हुन्छ । किनभने बन्द रंगशालामै सही, मैदानमा फुटबल त फर्केको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरा विश्वमा फुटबल रोकिएको स्थिति थियो । यसैक्रममा जर्मनी फुटबल फर्केको पहिलो ठूलो खेलको देश पनि रह्यो । तर यो फुटबल रह्यो, हामीले नचिनेको, यसअघि हामीले नदेखेको । कस्तो रह्यो त पहिलो दिनको खेल ? एएफपीले तयार पारेको रिपोर्ट ।

दक्षिण कोरियामा फुटबल सुरु

कोरोना भाइरस संक्रमणको महामारीयता दक्षिण कोरियामा शुक्रबारदेखि व्यवसायिक फुटबल सुरु भएको छ । पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन जियोनबक मोटर्सले कप विजेता सुवान ब्लुविंग्सलाई १–० हरायो ।

फुटबल लामो समय प्रभावित हुन सक्ने

कोभिड-१९ को महामारीका कारण अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर दुईदेखि तीन वर्ष प्रभावित हुन सक्ने युरोपेली फुटबल महासंघ (यूईएफए) का सदस्य लार्स क्रिस्टर ओल्सनले बताएका छन् ।

फुटबल खेलाडीलाई सहयोग गर्ने एन्फाको प्रतिबद्धता

नेपाल फुटबल संघ एन्फाले नेपाल तथा विश्वभरि फैलिएको कोभिड १९ (कोरोना) महामारीका कारण उत्पन्न भएको जटिल परिस्थतिमा फुटबल खेलाडी तथा फुटबलसम्बद्ध पदाधिकारीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

फ्रान्समा माथिल्लो डिभिजनको फुटबल नहुने

फ्रान्समा सबै खाले खेलकुदमा सेप्टेम्बरसम्मका लागि प्रतिबन्ध भएपछि त्यसको असरका रूपमा लिग वान र लिग टु अब नहुने भएको छ ।

इटालीमा फुटबल अभ्यास खुल्दै

इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले इटालीको सिरी ए सुरु हुने मिति पछाडि सारे पनि खेलाडीलाई व्यक्तिगत अभ्यास थाल्न अनुमति दिएका छन् । देशलाई लकडाउनबाट विस्तारै खुलाउने योजना अन्तर्गत कोन्टेको यो फुटबल योजना अगाडि आएको हो ।