इन्धन

पेट्रोल पम्पमा किन छ भीड ?

इन्धन ढुवानीमा कुनै अवरोध नभए पनि उपत्यकाका अधिकांश पेट्रोल पम्प आइतबार र सोमबार बन्द थिए । इन्धन वितरण भइरहेका पम्पमा उपभोक्ताको भीड थियो । मंगलबार पनि बिहानैदेखि अधिकांश पम्प बन्द रहे । अपराह्‍नबाट केही पम्पले इन्धन वितरण गरे पनि उपभोक्ताको लाइन बाक्लै देखियो ।

पेट्राेल पम्पमा घन्टाैं लाइन [तस्बिरहरु]

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व बजारमा इन्धनको मूल्य घटेसँगै सरकारले सोमबार मध्यरातिदेखि लागू हुनेगरी इन्धनको मूल्यमा २ रुपैयाँ घटायो । इन्धनको मूल्य अझ घट्‍न सक्‍ने भन्दै पेट्रोल पम्पहरुले पेट्रोल नझिकाउँदा बजारमा त्यसको प्रभाव देखिन थालेको छ । राजधानीका पेट्रोल पम्पहरुमा सर्वसाधरणहरु घन्टौंसम्म लाइनमा बस्‍न बाध्य भए ।