प्रदेश २ को नाम 'मिथिला भोजपुरा' राख्ने कांग्रेसको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नाम 'मिथिला भोजपुरा' राख्ने कांग्रेसको पक्षमा २८ मत मात्रै खसेको छ । प्रदेशसभामा कांग्रेसका १९ सांसद छन् । सत्ता पक्षाका सांसदहरुले कांग्रेसको प्रस्तावको पक्षमा मतादान गरेको आशंका गरिएको छ ।