नारी दिवस

भीर मौरीको मह काढ्न गएका युवाको मृत्यु

भीर मौरीको मह काढ्न गएका यहाँका एक युवाको शनिबार राति लडेर मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर–५ स्थित कौलेनीको भीरबाट लडेर स्थानीय ३३ वर्षीय पुरन रानाको मृत्यु भएको प्रहरीले बतायो । 

नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा रोक

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ ।

'आउटडोर' सुटिङमा अभिनेत्रीका दु:ख 

गीतको सुटिङ सुरु हुनै लागेको थियो, अभिनेत्री केकी अधिकारीले निर्माण टिमतिर आँखा घुमाइन् । टिममा कोही महिला देखिनन् । त्यसपछि स्टूडियोजस्तो देखिने कोठामा एक्लै गइन्, लुगा फेर्न । कोठाको माथिल्लो भागमा हावा पस्‍ने झ्यालजस्तै बनाइएको थियो ।

'महिलाले पनि सर्जन बन्‍ने सपना बोक्न सक्छन्'

सामान्यतया सर्जन भन्नेबित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? पक्‍कै पनि चस्मा लगाएको, सेतो मेडिकल गाउन लगाएको र अलि पाको पुरुष । सितिमिति दिमागमा महिलाको आकृति कमै आउँछ । बनिहाले पनि अवश्य केही समय लाग्छ ।

महिलाका सवालमा पछाडि

प्रदेशको वस्तुस्थिति विवरणअनुसार लैंगिक समानता र महिला सशक्तीकरणमा प्रदेश राष्ट्रिय औसतभन्दा धेरै पछाडि छ । लैंगिक असमानताले हिंसा जन्माएको छ । लैंगिक हिंसामा अन्य प्रदेशलाई उछिनेको छ । यहाँका ७० दशमलव ४ प्रतिशत महिलाले आफूमाथि हिंसा भए पनि कसैलाई बताउँदैनन् । 

‘परिवार र पेसाको दोहोरो भूमिका महिलाका लागि अझै ठूलो अवरोध’

२०६२/६३ को जनआन्दोलनयता नेपालमा महिला हिंसाविरूद्धका अभियान र हरेक निकायमा महिला सहभागिताका कुरा निकै भए । आन्दोलनकै आडमा बनेको संविधानले हरेक निकायमा समानुपातिक आधारमा महिला समावेशीकरणको विषय स्थापित गर्‍यो । यही संविधानको जगमा बनेका थुप्रै ऐनकानुन विश्वका विकसित मुलुकको दाँजोमा पुग्न सक्ने खालका छन् ।
ADVERTISEMENT