राष्ट्रपति भण्डारीद्वारा पशुपतिमा पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेकी छन् । राष्ट्रपति भण्डारी शुक्रबार पशुपतिनाथ मन्दिर पुगेर करिब १५ मिनेट आराध्यदेव शिवको विशेष पूजाआजा गरेकी हुन् । 

पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राखिने

पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरको शिवलिंगमा १४१ किलो सुनको जलहरी राख्‍ने भएको छ । यसका लागि आर्थिक संकलन गर्न कोषका कोषाध्यक्ष मिलनकुमार थापाको संयोजकत्वमा समिति बनाइएको छ ।

महाशिवरात्रिकाे पूर्वसन्धामा चम्किएकाे पशुपतिनाथ र बाबाहरु [तस्बिरहरु]

शुक्रबार देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रिलाई शिवजीको जन्मदिनको रूपमा हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउँछन् । काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, साँगाको कैलाशलगायत देशभर भक्तजनको भिड लाग्छ । कोषले दुई घन्टाभित्रमा दर्शन गर्न सक्ने गरी पशुपतिमा लाइन व्यवस्थापन गरेको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । दर्शन सहज गराउन उत्तरढोका, दक्षिणढोका, पश्चिमढोकाबाट भक्तजनलाई दर्शनको व्यवस्था गरिएको छ । महाशिवरात्रिको पूर्व सन्ध्यामा पशुपति मन्दिर परिसर चिटिक्क बनाइएको छ । नागाबाबा, अधोरीलगायतका बाबालाई मन्दिर आएका छन् । शिवरात्रिको पूर्वसन्धामा अघिल्लो राति यस्तो देखियो पशुपतिनाथ मन्दिर परिसर :

फूलले सजाइयो पशुपति (तस्बिरहरु)

महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ ।

पशुपति सजाउन थाइल्यान्ड र अस्ट्रेलियाको फूल

महाशिवरात्रि लक्षित गरी पशुपति क्षेत्रलाई रंगीचंगी फूल र बत्तीले सिंगार्न थालिएको छ । भक्तजनलाई लाइनमा राखिने सबै ठाउँमा फूल र बत्ती राखिने भएको हो । भारतको प्रसिद्ध तीर्थस्थल वैष्णोदेवी मन्दिर व्यवस्थापन गर्ने समूहले फूल सजाउने जिम्मेवारी पाएको छ ।

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वमा ट्राफिक व्यवस्थापनको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटाउने भएको छ ।
ADVERTISEMENT
ADVERTISEMENT

सेनाको रिहर्सलले काठमाडौंको आकाशमा ‘एयर ट्राफिक’

काठमाडौंको पश्चिमी आकाशमा नेपाली सेनाका हेलिकप्टरले पूर्वाभ्यास (रिहर्सल) गरेका कारण केही बेरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु अवतरण हुन सकेका छैनन् ।