कारागारबाट निस्किएपछि महराले भने- ‘बाँकी कुरा पछि भन्छु’

पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतले सफाइ दिएसँगै उनका सहयोगी र शुभेच्छुकहरू डिल्लीबजार कारागारबाहिर भेला भइसकेका थिए । सत्तारूढ नेकपाका हिमाल शर्मालगायत नेता–कार्यकर्ता महरालाई स्वागत गर्न फूलमालासहित पुगेका थिए ।

यसरी पाए महराले सफाइ

जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ । किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्र महराले सफाइ पाउने प्रमुख आधार बनेको हो ।

तथाकथित आरोपबाट सफाइ पाएँ : महरा

पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप अदालतले गलत सावित गरिदिएको बताएका छन् । जबरजस्ती करणी प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि आइतबार विज्ञप्ति जारी गर्दै 'तथाकथित आरोप'बाट मुक्त भएको उनको भनाइ छ ।

पूर्वसभामुख महराले पाए सफाइ

जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ । सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।