आईसीसी क्रिकेट विश्वकप लिग २ मा पहिलो अंकको खोजिमा रहेको नेपालले शनिबार शीर्ष स्थानको अमेरिकासँग खेल्दा घरेलु टोली केही परिवर्तित देखिने छ । सन् २०२३ को विश्वकप छनोटको आधार रहेको प्रतियोगिताको पहिलो खेलमा ओमानसँग बुधबार १८ रनले पराजित भएपछि नेपाल रणनितिक हिसाबमा मात्र नभई बाध्यताका कारण पनि परिवर्तन गर्न लागेको हो ।