सर्वोच्च अदालतले दिवंगत राजा वीरेन्द्रको छाउनीस्थित जग्गामा पूर्वराजकुमारी प्रेरणाको दाबी नपुग्ने फैसला गरेको छ । सर्वोच्च अदालतकै पूर्ण इजलासले टुंग्याएको मुद्दामा तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अवकाश हुनुभन्दा दुई साताअघि ‘अर्थपूर्ण रूपमा’ निवेदन दर्ता भएको थियो ।