दाङ टरीगाउँको तरुण सामुदायिक वनले २०७१ वैशाख १९ गतेबाट सप्ताहव्यापी श्रीमद्भागवत महायज्ञ लगाउँदा स्थानीय लीला गिरीलाई औधी खुसी लागेको थियो । हिजोआज आफूलाई बालयोगेश्वर महाराज बताउने गुल्मी धुर्कोटवस्तुका विजय भण्डारी त्यसताका आफूलाई विष्णु प्रपन्नाचार्य महाराजको नामले चिनाउँथे ।