आस्था राउत

आस्था राउत प्रकरण : प्रहरीलाई जे मन लाग्यो त्यही कसुरमा मुद्दा ?

माघ १४, २०७६

जिल्ला अदालत चितवनले सुरक्षाकर्मीप्रति व्यक्त गरिने आक्रोशपूर्ण अभिव्यक्तिलाई ‘अभद्र व्यवहार’ भन्न नमिल्ने फैसला गरेको छ । पक्राउ गर्न खोजेका एक व्यक्तिले आफूहरूलाई हातपात गरेको भनी चितवन प्र...

गायिका आस्था राउतविरुद्ध काठमाडौं परिसरमा औपचारिक रुपमै उजुरी दर्ता

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेको बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा उजुरी दिएकी थिइन् ।

गायिका राउतलाई आइतबार झिकाएर अनुसन्धान गर्ने तयारी 

मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार गायिका आस्था राउतमाथि कारबाही गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।