भनाभनमा ‘क्रिमिनल चार्ज’

गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ‘भनाभन’ लाई स्थानीय प्रशासनले ‘कठोर सजाय’ हुन सक्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रशासनले राउतमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार कारबाही गर्न अनुमति दिएको हो । कसुर पुष्टि भए १ वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था उक्त दफामा छ । 

गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको हो ।

गायिका आस्था राउतविरुद्ध काठमाडौं परिसरमा औपचारिक रुपमै उजुरी दर्ता

गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठले गत बिहीबार राउतले आफूमाथि ड्युटीमा रहेको बखत ‘गालीगलौज’ र ‘अभद्र व्यवहार’ गरेको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, गौचरमा उजुरी दिएकी थिइन् ।

आस्था राउतमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने

प्रहरीले गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ प्रहरी तैनाथ जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी राउतमाथि ‘गालीगलौज’ र ‘अभद्र व्यवहार कसुर’मा अनुसन्धान थालिएको हो ।

महिला प्रहरीबाट दुर्व्यवहारमा परेको आस्थाको दाबी, प्रहरीलाई गाली गरेको भिडियो भाइरल

फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका आस्था राउत फेरि विवादमा तानिएकी छन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् ।