नेकपाको प्रतिवेदन

नेकपामा गुटको छाया

गुटबन्दीको अन्त्य गर्ने प्रस्तावसहित सुरु भएको नेकपा स्थायी कमिटी बैठक सकिँदा नेताहरूमा गुटको स्पष्ट छाया देखिएको छ । राजधानीमा एक सातासम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यहरू अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको वरिपरि रहेरै बहसमा केन्द्रित भए । 

दाहालको प्रतिवेदन : यस्ता छन् नेकपा र सरकारका ११ कमजोरी

आइतबारबाट सुरु भएको नेकपाको स्थायी समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । कार्यकारी भूमिकाको जिम्मा पाएका दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेताहरुसँगसमेत परामर्श गरेर लेखेको प्रतिवेदन भएकाले पार्टी र सरकारबारे उल्लेख गरिएका सीमा र कमजोरी अर्थपूर्ण छन् । 

अर्को वर्षसम्म महाधिवेशन गर्ने दाहालकाे प्रस्ताव

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले २०७७ सालको अन्तिमसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी सुरु गर्ने प्रस्ताव गरेका छन् । 

नेकपाको प्रतिवेदन : भारतले सीमा मिच्नु नेपालीलाई सह्य छैन

भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्नु नेपाली जनतालाई असैह्य भएको सत्तारुढ नेकपाको प्रतिवेदनमा उल्लेख गरिएको छ । आइतबार सुरु भएको पार्टीको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । 

स्थायी समितिमा दाहालको प्रतिवेदन : एकता नटुङ्गिँदा गुट बढे

पार्टी एकता सुदृढ गर्नका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहालले ८ बुँदामा प्रस्तावहरु राखेका छन् । उनले संगठनलाई सुदृढ बनाउन विचार र विधिमा स्पष्टतासहित दृढ इच्छाशक्ति र संकल्पका साथ अघि बढ्नुको विकल्प नभएको पनि उल्लेख गरेका छन् । आइतबारदेखि जारी नेकपाको स्थायी समितिको बैठकमा अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।