सिन्धुपाल्चोक बस दुर्घटना

सिन्धुपाल्चोक बस दुर्घटना : छानबिन गर्न समिति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सिन्धुपाल्चोकमा भएको दुर्घटनाको छानबिन गर्न सात सदस्सीय समिति गठन गरेको छ । मन्त्रालय मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यलयका सहसचिव राजेन्द्रराज शर्माको संयोजकत्वमा समिति गठन गरेको हो । 

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याइयो

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि काठमाडौं ल्याइएको छ । १४ जना घाइतेलाई उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको हो । लामोसाँघु जिरी सडकखण्डअर्न्तगत आइतबार बिहान सुनकोसी गाउँपालिका ७ स्वारामा बस खस्दा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो भने एक बालकसहित २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनाका घाइते भन्छन्: चालक झ्यालबाट हाम्फालेर बेपत्ता भए

सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरु यस्तै होला भन्ने डरले अघिल्लो रात उतै बास बसेर आएको तर चालकको लापरबाही गर्दा दुर्घटना भएको बताउँछन् ।

बस दुर्घटना : १४ मृतकमध्ये ४ जनाको सनाखत 

दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस दुर्घटनाका १४ मृतकमध्ये ४ जनाको सनाखत भएको छ । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार जुगल गाउँपालिका ७ पेपटार ३७ वर्षीया सविना तामाङ, २८ वर्षीय शुकबहादुर तामाङ, २७ वर्षीया मन्जु तामाङ र दोलखा भिमेश्वर नगरपालिकाको ३६ वर्षिया जुनमाई तामाङको नाम खुलेको हो ।

उछिनपाछिनले सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो [अपडेट]

सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १६ जना घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  
ADVERTISEMENT

सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाको मृत्यु [अपडेट]

जिल्लाको सुनकोसी गाउँपालिका-६ मा आइतबार बिहान बस दुर्घटना भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बस अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडकको ६ किलोबाट खसेको हो ।